mahottari
हुलाकी न्यूज, महोत्तरी ९ फागुन ।
महोत्तरीका पत्रकार राजकरण महतोको राजस्व अनुसन्धानका कर्मचारीले बर्दिबासको प्रमुख राजमार्गमा क्यामरा खोसेका छन् ।

नसोधि कार्यालयको सवारीको फोटो किन खिचेको भन्दै राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया चेक पोष्ट बर्दिबासका नायब सुब्बा कार्यालयका इन्चार्ज पहल केसीले महोत्तरीका पत्रकार महतोको क्यामरा खोसेका हुन् ।

बालुवा लिएर पूर्वबाट पश्चिम आइरहेको एक ट्रयाक्टरको ड्राइभरलाई बिल चेक जाँच किन नगराएको र किन नकाटेको भन्दै बा १ झ ९१३१ नम्बरको साइर्न जडित कार्यालयको सवारीका चालकले बर्दिबास चोकमा हप्काउँदै गर्दा पत्रकार महतोले अनुसन्धान कार्यालयको गाडी र गाडी चालको फोटो खिचेका थिए ।

ट्रयाक्टर ड्राइभरले आफुहरुको मालिकले राजस्व कार्यालयलाई महिनाबारी तिरीरहेकोले आफूले अनुसन्धानको कार्यालयमा बिल नकाटेको र चेक जाँच नगराएको राजस्व अनुसन्धानको गाडी चलकलाई भनेका थिए ।

यि सबै कुरा भइरहेको समयमा पत्रकार महतोले फोटो खिचिरहेका थिए । बर्दिबास चोकमा पत्रकारले आफ्नो फोटोे खिचेका थाहापाएपछि राजस्व कार्यालयका गाडी चालकले दु्रत गतिमा गाडी भगाएर २ सय मिटर पर पूर्वमा रहेको आफ्नो कार्यालयमा गए ।

गाडीलाई पछ्याउँदै पत्रकार महतोको एक साथीलाई साथमा लिएर मोटरसाइकलमा दिउँसो सवाँ २ बजेको समयमा कार्यालयमै पुगेका थिए । सडकको किनारमा गाडी पार्किङ्ग गरेर आफूले गल्ती गरेको र पत्रकारले फोटो खिचेरको थाहा पाएर गाडी भगाएर कार्यालय आइपुगेका सरकारी गाडी चालक पत्रकारपनि पछि पछि कार्यालयमा आएपछि डरले थरथर कापी रहेका थिए ।

पत्रकारले क्यामरा अन गरेर ती सरकारी गाडीका ड्राइभरलाई किन गाडी भगाएर चोक बाट आउनु भयो भनेर सोध्दा टाउकोमा लगाएको टोपी निकाले उनले मुख छोपे । पछि राजस्व अनुसन्धान बर्दिबासका सुब्बा इन्चार्ज पहल केसीले पत्रकार महतोलाई अशब्द भन्दै दुव्र्यवहार गर्दै नसोधेर गाडीको किन फोटो खिचिस् भन्दै उनको क्यामरा खासेका थिए ।

पत्रकार महतोको क्यामरा सुब्बा केसीले खोसेपछि पत्रकारले आफ्नो साथीलाई क्यामरा खोसेको फोटो मोवाइलबाट खिच्न भनेपछि उनका साथिको मोवाइलपनि सुब्बा केसीको निर्देशनमा कार्यालयकै एक कर्मचारीले खोसेर उनको साथीलाई पनि दुव्र्यवहार गरेका थिए ।

सडकमै पत्रकारको क्यामरा खोसेपछि स्थानियहरुको भिड लाग्यो । पत्रकारको क्यामरा किन खोसेको भन्दै स्थानियले अवाज उठाएपछि सुब्बा केसी पत्रकारको मोटरसाइकलमा खोसेको क्यामरा र मोवाइल राखेर कार्यालय तिर सुटुक भागेका थिए । यता इन्चार्ज केसीले आफूले पत्रकारको क्यामरा नखोसेको दावी गरेका छन् ।

राजस्व कार्यालय बर्दिबास चेक पोष्टका कर्मचारीहरुले खोलामा नदी जन्य पदार्थ उत्खन्न गर्ने उद्योग , ट्रयाक्टर मालिकहरुसंग महिनाबारी रकम उठाएर राजस्वको बिल नकाट्ने गरेको प्रत्यक्ष दर्शिहरुले बताउँछन् ।

स्थानीयले गर्दै आएको गुणासोलाई बर्दिबासको राजस्व अनुसन्धान कार्यालयका कर्मचारीहरुको गतिविधीबाट पुष्टि भएको एक स्थानीयले नाम नबताउने शर्तमा भनेका छन् । फोटो खिच्दा कर्मचारी चोकबाट गाडी लिएर भाग्नु र कार्यालयको सडकमा पत्रकार पुग्दा पत्रकारको क्यामरा खोसिनुले नदी जन्य पदार्थमा राजस्वको कर्मचारीले उद्योग, सवारीसाधनका मालिकहरुसंग गरिरहेको प्रष्ट भएको स्थानीयहरुले बताएका छन् ।

पत्रकारको संचार समाग्री खोसेको भन्दै नेपाल पत्रकार महासंघ महोत्तरीले एक विज्ञप्ती जारी गर्दै घटनाको घोरभत्साना गरेको छ । पत्रकार महासंघ महोत्तरीका सचिव बिक्रमप्रसाद रौनियारले एक विज्ञप्ती जारी गर्दै घटनाको छान विन गरेर क्यामरा खोस्ने कर्मचारीलाई कारवाही गरिनु पर्ने प्रशासनसंग माग गरेका छन् ।

प्रेस मञ्च नेपालकका केन्द्रीय प्रवक्ता रञ्जन भण्डारी र सगरमाथा टेलिभिजनका पत्रकार मनोज झा मुक्तीले महोत्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवलाई भेटी दोषीलाई तत्काल झिकाइ सत्य तथ्य पत्ता लगाई कारवाही गर्नु पर्ने माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी यादवले दोषीलाई कारवाही गर्ने आश्वासन दिएका छन् ।

त्यसैगरी प्रेस सेन्टर महोत्तरीले सडकमा पत्रकारले फोटो खिच्दा किन खिचेको भन्दै नेपाल सरकारको जिम्मेवार कमृचारीले पत्रकारको क्यामरा नियन्त्रणमा लिए पत्रकारलाई दुव्र्यवहार गर्नु निन्दनी कार्यभएको प्रेस सेन्टर महोत्तरीका अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.