insec
जीतेन्द्र कुमार राम, जनकपुर ९ फागुन ।
प्रजातान्त्रिक आन्दोलनको क्रममा सहादत प्राप्त गरेका धनुषाको यदुकुहाको महिला शहिद स्मारक (पार्क)को सम्भार तथा संरक्षणका लागि इन्सेकले सोमबार एक कार्यक्रमबीच एक लाखको चेक हस्तान्तरण गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले माघ १६ गते शहिद दिवसको अवसरमा महिला शहिद स्मृति स्मारक (पार्क)मा फुलमाला अर्पण गरि शहिद पार्कको सम्भार र संरक्षणको लागि एक लाख रुपैयाको प्रतिवद्धता जनाए अनुरुप सोमबार यदुकुहामै गएर एक लाखको चेक हस्तान्तरण गरिएको छ ।

स्मृती दिवसको अवसर पारेर इन्सेक प्रतिनिधि विनोद कुमार रविदासले यदुकुहा गाविसका सचिव संतोष कुमार सुवेदीलाई एक लाखको चेक दिएका हुन् । महिला शहिद पार्कको सम्भार र संरक्षणका लागि महिला शहिद स्मृति पार्क सम्भार तथा संरक्षण समितिको गठन समेत गरिएको छ ।

शहिद परिवारका अगुवा अवधि यादवको अध्यक्षतामा ११ सदस्य समितिको चयन गरि एक लाख रकमको चेक सामुहिक रुपमा हस्तान्तरण गरिएको छ । समितिको सचिवमा गाविस सचिव संतोष कुमार सुवेदी, कोषाध्यक्ष रतनसागर यादव, सदस्यहरु अजयकुमार मण्डल, गुरुदयाल साह, प्रदिप कुमार यादव, हलखोरी मण्डल, नागेन्द्र प्रसाद मण्डल, देवकुमारी देवी मण्डल, राजवती देवी मण्डल र योगेन्द्र राम रहेका छन् ।

इन्सेकले दिएको एक लाख र गाविसले ५० हजार दिइ बेग्लै कोष खडा गरिने भएको छ । ती रकमले स्मारकको संरक्षण र संवद्धनको लागि सहयोग पुग्ने संरक्षण समितिको अध्यक्ष अवधि यादवले बताए । इन्सेकले शहिदहरुले संरक्षणको लागि दिएको यो रकमले गाविसमा उर्जा थपिएको रजिम्मेवार समेत बनाएको पुर्व साँसद शिवधारी यादवले बताए ।

यो रकमको सहि सदुपयोग गरिने र सहिद पार्कलाई सजाउन आफुले समेत पहल गरिने गाविस सचिव संतोषसुवेदीले बताए ।पुनः प्रजातन्त्र बहालीको लागि २०४६ सालको जनआन्दोलनको शुरुवातमै तत्कालिन प्रहरीले बलपूर्वक गोली हानी हत्या गरेका थिए ।

०४६ फागुन ९ गतेका जनआन्दोलनको तेश्रो दिन यदुकुहाको गोठकुहा टोलमा प्रहरीले चलाएको गोली लागि तीन महिला सहित एक बालक र एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा जानकी देवी यादव, मुनेश्वरी देवी यादव, सोनावति देवी यादव, बालक उदयशंकर मण्डल र रामनारायण मण्डल रहेका थिए ।तीन जना महिलाहरु प्रजातन्त्र प्राप्तीको लागि आन्दोलनको शुरुमै ज्यान गुमाएकोले महिला शहिद स्मृति पार्क नामाकरण गरिएको छ ।

सोमबार नेपाली काँग्रेको गाउ इकाइ कमिटिको आयोजनामा स्थानीय रुपमा सहिद स्मृती दिवस मनाएको । गाउँ कमिटी यदुकुहाका सभापति दिपनारायण यादवको अध्यक्षतामास्मृति दिवस मनाएको हो । गाउँमा पाँच सय विद्यार्थी बालबालिकाहरुले रैली निकालेका थिए ।
रैली गाउँ परिक्रमा गरिगाविसको कार्यालय अगाडी कोण सभामा परिणत भएको थियो । कोण सभा पुर्व साँसद शिवधारी यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । विभिन्न बक्ताहरुले सहिदहरुको चर्चा परिचर्चा गरि मनतव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.