हुलाकी न्यूज, काठमाडौं, ५ असोज । नेपालमा जारी भएको नयाँ संविधानलाई संयुक्त राष्ट्र संघले स्वागत गरेन । संविधान जारी भएपछि संयुक्त राष्ट्र संघले जारी गरेको विज्ञप्तिमा नेपालमा संविधान जारी भएको राष्ट्र संघका महासचिव बान की मुनको जानकारीमा आएको मात्र उल्लेख गरिएको छ । विज्ञप्तिमा संविधानलाई स्वागत गरेर केही लेखिएको छैन ।

राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफन डुजरिकले जारी गरेको विज्ञप्तिमा थप लचकताका साथ संविधानमा आवश्यक परिमार्जन गर्नुपर्ने बताइएको छ । त्यस्तै, राष्ट्रसंघले अहिले भइरहेको हिंसात्मक गतिविधिप्रति चिन्ता पनि व्यक्त गरेको छ ।

संविधानमा अल्पसंख्यक र आन्दोलनरत पक्षको आवाज नसमेटिएको उसको ठहर छ ।

नेपालको संविधान जारी भएसँगै अन्तर्राष्ट्रिय समुदायले यसबारे विज्ञप्ति निकालेपनि अहिलेसम्म कसैले संविधानलाई स्विकारेका छैनन् । अन्तर्राष्ट्रिय समुदायबाट संविधान विभेदकारी रहेको टिप्पणी आइरहेको छ ।

un-press-release

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.