wow

अर्कना खातुन, काठमाण्डौं, ७ फागुन । ब्रिटिश काउन्सिलद्धारा आयोजित ‘वुमेन अफ द वल्र्ड फेस्टिबल (वाउ/WOW)’मा जनकपुरका महिलाहरु पनि नाटकीय अन्दाजमा आफ्नो सांस्कृतिकको प्रदर्शन गरे । आफ्नो भेषभुषामा सजिएकी महिलाहरुले आफ्नो भाषा, संस्कृति र कलालाई राष्ट्र तथा अन्तराष्ट्र पाहुनाहरुलाई देखाए ।

wow5

‘वाउ’मा उपस्तिथ जनकपुर वुमेन्स डेभलपमेन्ट सेन्टरको मेनेजर शन्तोष मिश्रले भने, ‘मैथलीको २५ वर्ष देखि आजसम्म भएको विकासको कथा नाटकको माध्यमबाट देखाउँन खोजेका हुन् ।’ मिश्रले बताए, ‘मैथलीको आफ्नो कथासँगसगै आफ्नो संस्कृतलाई देश देखि बिदेश माझ पुर्याउँने प्रयास रहेको छ । पचिस वर्ष अगाडि घुङघटमै रहि खेत तथा मालजाल हेर्ने र आफ्नो घरायसी काम गर्थे । पति विदेश कमाउन गएता पनि आफ्नो संस्कृतिमा रहि पैसा कमाउँन उदेश्यले काल तिर लागे । जानकार हुँदै जाँदा संसारलाई थाहा पाउँन र सुन्न रेडियो किने ।

wow3

बिस्तारै विकसित हुन थाले पछि साइकल किनेर काममा जान थाले । सिप र ज्ञान बढ्दै गएपछि आफ्नौ कला र मिथिला चित्र देखाउँन काठमाण्डौं तिर लागे । मैथली भाषा तथा संस्कृति पछाडि छैन् भनेर गाउँ देखि टाढा रहेका आफ्ना परिवारसँन टेक्नोलोजीको सहयोगले मोबाइल चलाउँन समेत जानेका नाककीय माध्मबाट देखाए । त्यसैगरि, उहिलेको जमानामा आलु चस्मासम्म मात्र सिमित थियौ तर अहिले आलु चस्मा हटाई खुलेर संसार देख्न थाल्यौं । जुन हातले कार्य गरि सफल भयौं त्यो हात एक अर्कासँग जोडेर आज याहाँसम्म पुग्यौं । यसरी मैथली महिलाहरु विकसित हुँदै गैरहेका छन्, मिश्रले बताए ।’

wow4

मैथली कला हेर्न ठूलै मात्रामा भिड जमा भएको थियो । ‘वाउ’ जावलाखेलको स्टाफ कलेजमा भएको थियो । ‘वाउ’ फेस्टिबलमा राष्ट्र तथा अन्तराष्ट्र महिलाहरुको सहभागिता रहेको थियो ।
wow6

wow7

आफ्नो मौलिक र व्यापार बढाउँन हातले बनाएको घरायसी सामान बेच्न स्टल पनि राखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.