r1
हुलाकी न्यूज, रुपन्देही ७ फागुन ।
स्वतन्त्र मधेश गठबन्धनको शक्ति प्रदर्शन कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दा दर्जनौं व्यक्ति घाइते भएका छन् । रुपन्देहीको मर्चवार क्षेत्रको मजगावामा डा.सीके राउतका समर्थकहरुले आयोजना गरेको कार्यक्रम स्थल र विभिन्न स्थानमा झडप हुँदा दुई दर्जन कार्यकर्ता घाइते भएको गठबन्धनले जनाएको छ ।

गठबन्धनका प्रवक्ता अब्दुल खानका अनुसार घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । उनले एक सय जनाभन्दा बढी कार्यकर्ताहरु पक्राउ परेकोसमेत हुलाकी न्यूजलाई बताएका छन् ।

यता गठबन्धनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘स्वतन्त्र मधेश गठबंधनका केन्द्रिय संयोजक डा.सीके राउत सँगै समर्थकहरुका गिरफ्तारीको विरोध गर्दै तिनीहरूको शीघ्र रिहाईका लागि शनिवार आयोजित शांतिपूर्ण रैलीमा नेपाल प्रहरीले जथाभावी लाठी, बुलेट, अश्रु ग्यास प्रहार गरी रैली बिथोल्न व्यापक बल प्रयोग गरेको छ ।’

‘लाखौंको संख्यामा गाऊ–गाऊबाट झण्डा, बैनर र प्लेकार्ड बोकी मधेशी जनता मर्चवार (मजगावाँ)को कार्यक्रमका सहभागी हुन जान लाग्दा प्रहरीका जबानले अनावश्यक सोधपुछसँगै डर, त्रास एवं धम्काउँदै बाटाहरुमै रोकेका छन् । कालो रंगका हरके मान्छेलाई लखेटी लखेटी समातेर राखेको’ गठबन्धनको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रम हेर्न आएकी करिब ६५ बर्षीया सरस्वती देवी मल्लाहमाथि निर्मम लाठी प्रहार गरिएको गठबन्धनले जनाएको छ । प्रहरीको लाठी प्रहारबाट शुरेना गाबिस रुपन्देहीकी १८ बर्षीया संगीता केवत टाउकोमा गम्भीर चोट लागेकोले उनीसहित अन्य घाइतेको उपचार भैरहवा अस्पतालमा भइरहेको प्रवक्ता खानले बताएका छन् ।

भुजहिया गाँवबाट करिब पाँच हजारको संख्यामा कार्यक्रममा सहभागी हुन आइरहेकाहरुमाथि दर्जनों राउण्ड आस्रु ग्याँस प्रहार गरिनुका साथै अन्धाधुन्द लाठी चार्ज गरिएको छ गठबन्धनले जनाएको छ । सोही क्रममा विकास प्रसाद लोध, जितेन्द्र यादव, राजेश बड़ईलगायत एक दर्जन कार्यकर्ताहरू गिरफ्तार भएका छन् ।

त्यस्तै, शिवचरण केवट, सरस्वती देवी मलाह (लन्तिहवा), राम नारायण साह, गीता कुमारी, शेषमन मलाह, शुरमन मल्लाहलगायत दर्जनभन्दा बण्ी कार्यकर्ता घाइते भएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेल बहादुर पाण्डेका अनुसार दोहोरो झडपमा परी ५ जना प्रहरी घाइते भएका छन् । उनका अनुसार ८ जना कार्यकता पनि पक्राउ गरेको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.