
हुलाकी न्यूज, लहान ७ फागुन । हिरासतमा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सी.के राउत दुई दिनदेखि ज्वरोले सिकिस्त बिरामी भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रहरीले अस्पताल लगी स्वास्थ्य परीक्षण गराउन अटेर गरेको छ ।
शुरूमा अदालतले दिएको १० दिन म्याद भित्र प्रहरीले कुनै ब्यान नलिएको आरोप उनका समर्थकहरुको छ । पुनः अदालतले १० दिन म्याद थप गरेपछि, २ दिनमै सबैको ब्यान सकिए पनि प्रहरीले कुनै प्रक्रिया अगाडी नबढाएको आरोप सहसंयोजक कैलाश महतोले जनाएका छन् ।
महतोका अनुसार प्रहरीले हिरासत अवधि बढाई यातना दिन खोजेको कुरा भेटमा निकटलाई बताएका छन् ।
सहसंयोजक महतोले विज्ञप्ति जारी गरी नेपाल प्रहरीलाई डा. राउतको स्वास्थ्यसँग खेलवाड़ नगर्न आग्रह गरेका छन् ।



