birgunj sadbhawana
हुलाकी न्यूज, वीरगंज ७ फागुन ।
वीरगंजलाई महानगरपालिका बनाउने सन्दर्भमा सदभावना पार्टी वीरगंज नगर कार्यसमितिले सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम गरेको छ ।

शुक्रबार सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा वीरगंज उपमहानगरपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा कार्यपत्र सदभावना पार्टीका सहमहासचिव अधिवक्ता सुरेन्द्र कुर्मीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सांसद एवं संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत गद्दीले सम्बोधन गर्दै राज्यले मधेश आन्दोलनको प्रतिशोधको रुपमा मधेशप्रतिको विभेदपूर्ण सोचले गर्दा वीरगंजलाई महानगरपालिका नबनाएको आरोप लगाए ।
नीति निर्माण तहमा नै मधेश विरोधी तत्वहरु हावी भएकोले मधेश अधिकार र विकासबाट बन्जित भएको दावी गद्दीले गरे ।

कार्यक्रममा बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले सम्बोधन गर्दै वीरगंजको विकास र महानगरपालिका बनाउने मुद्दामा वीरगंज उद्योग वाणिज्य संघ अग्रनी भूमिका खेल्न तयार रहेको बताउदै, अब वीरगंजलाई नमुना शहर बनाउन र महानगरपालिकामा स्तर उन्नति गर्न एकीकृत रुपमा अभियान नै थाल्नु पर्ने बताए ।

वीरगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवं समाजसेवी बिजय सरावगीले बिकास र समृद्धिको मुद्दामा सबै पक्ष एकता बद रुपमा अगाडि बढनु पर्ने र सो को सुरुवात सदभावना पार्टीले गरेको उल्लेख गर्दै साझा एजेन्डा र जनसरोकारका सबै मुद्दामा आफ्नो समर्थन रहने जनाए ।

शिक्षाबिद एवं नागरिक समाजका अगुवा डा.दिपक शाक्यले बिरगंजमा विश्व बिधालय र शिक्षण अस्पतालको लागी एकीकृत रुपमा लाग्नु पर्ने र सोको पुर्वाधार बिरगंज सङ रहेको दावी गर्दै समृद्ध बिरगंजको लागी सबैको सोच सकारात्मक हुनु पर्ने बताए ।

कार्यक्रममा नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलले बिरगंजसंग महानगरपालिका हुने सबै मापदण्ड रहेको दावी गरे ।

सदभावना पार्टीका केन्द्रिय सदस्य निजामोदिन समानी,वरिष्ठ पत्रकार जगदीश शर्मा,,प्रेस मञ्च नेपालका रास्ट्रीय अध्यक्ष सन्तोष पटेल ,हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष पुरुसोतम दुबे, ने.क.पा.एमालेका जिल्ला अध्यक्ष चिरञ्जीवी आचार्य,बार एसोसिएसन पर्साका अध्यक्ष राम आशिष यादव ,प्रेस युनियन पर्सा अध्यक्ष अधिवक्ता रामनारायण कुर्मी,नागरिक समाजका अगुवा अधिवक्ता पन्नालाल गुप्ता,प्रा.डा.श्रीमती सुसमा सर्मा,बिरगंज उप(महानगरपालिकाका अधिकृत सम्भु गुप्ता ,समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका महासचिव रामप्रवेस साह,सदभावना पार्टीका पर्सा जिल्ला सचीव ध्रमेन्द्र पटेल,नेपाली काङ्ग्रेसका दिना गुप्ता,बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाइ,ग्रीन सिटि सामुदायिकका सचिव मुर्ली जलानले महानगरपालिका बनाउन एकीकृत अभियान थाल्नु पर्ने बिचार व्यक्त गर्दै आफ्नो समर्थम रहने उद्घोषक गरेका थिए ।

सदभावना महिला मञ्चकी नगर अध्यक्ष सुनिता रौनियारले सहजीकरण गरेकी कार्यक्रममा स्वागत मन्तव्य नगर उपाध्यक्ष सुरेस साह कानु एवं धन्यवाद ज्ञापन नगर कोषाध्यक्ष पन्नालाल पटेल गरेका थिए ।

कार्यक्रममा स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय कोषाध्यक्ष हरेन्द्रबाबा पटेल,बिरगंज उपमहानगरपालिकाका सुनिल कर्न,मुकेश गुप्ता , नेपाल सदभावना पार्टीका जिल्ला सचिव कृष्ण कुर्मी, सानो पाइलाका अजय कुमार कुर्मी,अपाङ्ग कल्याण संघ पर्साका अध्यक्ष संजय सरार्फ, लगायत विभिन्न राजनीतिक दल,संघ संस्था ,पत्रकार एवं बुद्धिजिवीहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.