ramkumar sharma
हुलाकी न्यूज, जनकपुरधाम ६ फागुन ।
७ बुँदे माग राखी विगत १६ दिनदेखि जारी रहेको आमरण अनसन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको आश्वासनपछि तोडाएका छ ।

नयाँ शक्ति पार्टी नेपालका नेता तथा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा, नयाँ शक्ति नेपाल पार्टीका प्रदेश नम्बर २ को सहसंयोजक कलामुद्दिन राइन र दलित नेता मिथिलेश्वर दासले शुक्रबार आमरण अनसन तोडेका छन् ।

गृहमन्त्री निधिले उच्चस्तरीय समिति गठन गरी मागहरुबारे कार्य अगाडि बढाइने आश्वासन दिएपछि अनसनकारीहरुले जुस खाएर अनसन तोडेका छन् ।

सातबुँदे मागलाई एक महिना भित्र प्रक्रियामा लग्ने, यथाशीघ्र कार्यान्वयन गर्ने, सोको लागि नेपाल सरकारका सचिवको संयोजकत्वमा सरोकारवाला मन्त्रालयका प्रतिनिधि रहेको सात सदस्यीय सम्झौता कार्यान्वयन समिति तीनदिन भित्र गठन गर्ने सहमतिपछि आमरण अनसन तोडिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.