हुलाकी न्यूज, जनकपुर ६ फागुन । धनुषाको रातमाटेमा शुक्रबारदेखि सप्ताहव्यापी भागवत गीता महायज्ञ सुरु भएको छ । गणेशमान चारनाथ नगरपालिका वडा नं. ५ मा मा अवस्थित रातमाटेका स्थानीयहरुको सक्रियतामा सुरु भएको सो सप्ताहव्यापी महायज्ञको शुक्रबार एक औपचारिक समारोह बीच उद्घाटन गरिएको छ ।

एक सातासम्म चल्ने सो सप्ताहव्यापी महायज्ञको उद्घाट्न गणेशमान चारनाथ नगरपालिकाका कार्यकारी अधिकृत एवं नगर प्रमुख लक्ष्मेश्वर यादवले गरे । रातमाटेमा अवस्थित बाबा सिद्धेश्वरनाथको मन्दिर निर्माण र धर्मशाला निर्माण गर्न सो सप्ताहव्यापी महायज्ञ सुरु गरिएको आयोजकले जनाएको छ ।

महायज्ञको उद्घाट्न गर्दै कार्यकारी अधिकृत यादवले यस्ता कार्यहरुले पुण्य र सामाजिक कार्य तथा विकास समेत हुने बताए । महायज्ञले धार्मिक सांस्कृतिक विकासका साथ साथै सामाजिक सद्भाव समेत बन्ने र विकास निर्माणमा समेत टेवा पुगी दोहोरो फाईदा हुने उल्लेख गरे ।
यादवले यस्ता कार्यहरुको थालनी गरी दोहोरो फाईदा लिन नगरवासीमा आग्रह गरे ।

उनले यस्ता धार्मिक कार्यहरुमा सहयोग गरी विकास निर्माणको कार्यमा सहयोग गर्न समेत चन्दादाताहरुलाई आग्रह गरे ।सो महायज्ञबाट संकलन हुने रकम रातमाटेस्थित सिद्धेश्वरनाथको मन्दिर निर्माण र धर्मशाला निर्माण कार्यमा खर्च गरिने आयोजकले जनाएको छ । महायज्ञको उद्घाट्न कार्यक्रममा स्थानीय राजनीतिक दल, वुद्धिजीवि, नागरिक समाज, समाजसेवी लगायत स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.