
हुलाकी न्यूज, कपिलवस्तु ६ फागुन । कपिलवस्तु जिल्लाको शिक्षा धरोहर रहेको कपिलवस्तु बहुमुखि क्याम्पसमा स्ववियु चुनाव स्थगित गर्न विभिन्न विद्यार्थी संगठनहरुले माग गरेका छन् ।
यही फल्गुन १४ गते हुन गइरहेको स्ववियूको चुनावमा ३ दलका विद्यार्थीहरुको निर्णयले हाम्रो माग समाबेश नभएको भन्दै स्ववियु चुनाव स्थगितको माग गरेका छन् ।
पूर्ण समानुपतिक, अबैध भर्ना र ठुला ३ दलको मात्रै सर्वोपरि निर्णय एव समर्थन भएको हुनाले सो निर्णयको अपहेलना गर्दै, हाम्रो मागप्रति पुर्ण सहमति एंव समर्थन नहुन्जेल सम्म तत्काल हुन गई रहेको स्ववियू निर्वाचन स्थगितका लागी विद्यार्थी संगठानहरुले सहायक क्यामपस प्रमुख नवराज तिवारीलाई पत्र दिएका छन् ।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल, समाजवादी विद्यार्थी फोरम, नेपाल, नयाँ शाक्ति नेपाल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, सदभावना विद्यार्थी संगठन, तराई–मधेश विद्यार्थी फ्रन्ट लगायतको विद्यार्थी संगठनहरुले स्ववियू चुनाव स्थगितको माग गर्दै स्ववियू भवनमा तालाबन्दी समेत गरेका छन् ।



