girishchandra lal
हुलाकी न्यूज, काठमाडौं ३ फागुन ।
तराई, मधेश र थरुहट आन्दोलनमाको क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानविन सम्बन्धी गठित च्चस्तरीय जाँचबुझ आयोगले झापा, सुनसरी र मोरङ जिल्लामा स्थगत भ्रमण गर्ने भएको छ ।

आयोगले मंगलबार जारी गरेको सूचनाअनुसार आयोगका अध्यक्ष पूर्वन्यायाधीश गिरीश चन्द्र लाल र सदस्यहरु संलग्न टोलीले आगामी ९ गते झापाको विर्तामोड, मेचिपुल, काँकडभिठा, भद्रपुरमा स्थलगत भ्रमण गर्नेछ ।

त्यसपछि सो टोली १० गते सुनसरी जिल्लाको इनरुवा, लौकही, दुहवी लगायतका क्षेत्रमा र ११ र १२ गते मोरङ जिल्लाको रोडशेष चौक, रानी भन्सार, रंगेली, डायनीया लागयतका क्षेत्रहरुमा जाने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

यसअघि आयोगले कैलालीको टीकापुरमा स्थलगत भ्रमण गरिसकेको छ ।

आयोगमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र कैलाली लगायतका १७ जिल्लाहरुबाट उजूरी, जानकारीर सूचना एवं निवेदन प्राप्त भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.