
हुलाकी न्यूज, काठमाडौं ३ फागुन । निर्वाचन आयोगका सदस्य इला शर्माले जेठमा निर्वाचन सम्भव रहेको बताएकी छन् । उनले आयोगले तयारी गरिसकेको समेत जानकारी दिएकी छन् ।
जिल्ला विकास समिति महासंघ, नेपाल नगरपालिका संघ तथा गाउँ विकास समिति राष्ट्रिय महासंघले मंगलबार संयुक्त रुपमा आयोजना गरेको ‘स्थानीय तह पुनःसंरचना बाँकी कामहरु र स्थानीय निर्वाचन’ विषयक अन्तक्र्रिया कार्यक्रममा सरकारले यही फागुन ८ गतेसम्म निर्वाचनको मिति घोषणा गरेमा जेठमा निर्वाचन गराउन सम्भव हुने जनाएकी छन् ।
उनले निर्वाचन मिति फागुन ८ मा घोषणा भए आयोगले जुनसुकै हालतमा पनि जेठ १ र २१ गते दुई चरणमा निर्वाचन गराउन सक्ने र यसका लागि तयारी गरिसकेको बताइन् ।



