
सरोज राय
आठ छोरी भएकी एक आमाको व्यथा:
केहि दिन पहिला तराईको जिल्लामा कम्बल र न्यानो लुगा वितरण गर्न गएको थिए। वितरण कै क्रममा सर्लाही लौखठ निवासी रामजी यादव एक पिडित परिवारसंग भेट गराउन बरहथवा बजारबाट दुई किलोमिटर दक्षिण बरहथवा-८, गर्जाहा टांडी लगे।
घर पुग्दा आँगनमा एक दर्जन विभिन्न उमेरका बाल-बालिकाहरु खेली रहेको थियो। तीन जना पुरुष मान्छे शान्त भएर खाटमा बसिरहेका थिए र त्यंही भुइंमा एक जना सेतो साडी लगाएकी महिला काखीमा बच्चालाई दुध खुवाउन्दै रोई रहेकी थिइन्। घरमा मातम छाएको थियो। मलाई बुझ्न बेर लागेन कि यहाॅ कसैको मृत्यु भएको छ र सबैजना त्यसैको शोकाकुल छन्।
एक जना वृद्ध आएर हामीलाई बस्न कुर्सी दियो र नम आँखाले सबै व्यथा सुनाउन थाले। घरका मुखिया हिर्दय रोगी सोनेलाल साह (उमेर ४० वर्ष) को केहि दिन पहिला उपचारको क्रममा मृत्यु भएको थियो। सोनेलालको अकाल मृत्यु पश्चात उनका ३५ वर्षीय श्रीमती रामकली देवी, आठ छोरी र ६ महिनाका छोराको हालत अहिले विजोग बनेको छ। आठ छोरीमध्ये कसैको विहे भएको छैन। सबैभन्दा जेठो छोरी अमृता कुमारीको उमेर १७ वर्ष पुगेको छ र उ स्कुल जान्दैन तर सिलाइको सामान्य तालिम गरेका हुनाले कहिले काँही एक दुइ सय कमाइ भई हालछन्।
यसरी नै अमृता पछि वाकी छोरीहरु १४ वर्षीय रिता कुमारी कक्षा ६ मा, १२ वर्षीय निलम कुमारी कक्षा ५ मा, १० वर्षीय सरिता कुमारी कक्षा २ मा, ८ वर्षीय मिना कुमारी कक्षा १ मा, ६ वर्षीय जानकी कुमारी कक्षा १ मा गाउँ नजिक कै एक सरकारी विधालयमा पढछन् भन्ने कान्छी ४ वर्षीय अर्चना कुमारी र २ वर्षीय आशा कुमारी घर मै खेलेर बस्छिन। आठ छोरी मध्ये एक छोरी आफ्नो नाना घरमा बस्छिन र वाकी सबैजना आमा संगै।
सम्पतिको नाउमा हाल जम्मा १० धुरमा बनेको एउटा सानो घर रहेको छ। यस वाहेक सोनेलालले मजदुरी गरेर भएपनि १० कठ्ठा खेत जोडेको थियो तर उ विमार परेपछि परिवारजन्यले २ कठ्ठा बेचे र वाकी रहेका ८ कठ्ठा पनि एउटा फ़ाइनेन्स कम्पनीमा ऋण राखेर सोनेलालको उपचारमा खर्च गरे।
सास-ससुरोको पहिले नै स्वर्गवास भएको थियो र अब श्रीमानको मृत्यु पश्चात आठ छोरी र एक दुधे शिशुको आमा कसरी जीविका चलाउला? मलाई सोच्न बाध्य बनायो! जसो-तसो गाउँवासीको सहयोगले श्रीमानको अन्तिम क्रिया गरिएको थियो।
सबले ‘पहल नेपाल’ बाट सहयोगको ठुलो अपेक्षा गरेको थियो। सबलाई प्रष्ट गरे कि ‘पहल नेपाल’ न कुनै NGO हो न कुनै रजिस्टर्ड संस्था। यसमा कुनै किसिमको फण्ड पनि छैन। आपत-विपत परेको बेला हामी निश्चित फण्ड जम्मा गर्छौं र सहयोग गर्छौ जसरी अहिले केहि फण्ड जम्मा गरेर कम्बल वितरण गर्न आएका छौँ। र यस परिवारको लागि पनि पहल अवश्य गर्ने छौँ तर के र कस्तो पहल गरूँ वारे प्रश्न राख्दा सबैको सल्लाहमा एउटा निश्चित निर्णयमा पुगे।
ऋणमा रहेका आठ कठ्ठा खेत फ़ाइनेन्स बाट फुकुवा गराउन पाए कम से कम तरकारी खेती गरेर पनि यस परिवारको दानापानी चल्न सक्छ। यहि कुरा ध्यानमा राखेर रामकली देवीलाई बैंकमा खाता खोल्न सलाह दिएर फर्के।
१३० हजार ऋण रकम र ७० हजार घर परिवारको लागि अहिले सहयोग राशी जम्मा भए भन्ने अवश्य पनि यस परिवारलाई ठुलो राहत पुग्ने छ। तसर्थ, तपाई सबै सहयोगी हातहरुलाई कम्तिमा रु. २ लाख राहत राशी जम्मा गर्ने अभियानमा सहयोग गरिदिन आग्रह गर्दछु।
यस परिवारले समय मै सहयोग पाएन भन्ने भोलीको दिन यि परिवारलाई के-कस्ता विपदाको सामना गर्नु पर्छ सजिलै संग अनुमान लगाउन सकिन्छ।
आमा रामकली देवीको बैंक खाता विवरण:
Ramkali Devi
A/C 04405050321761
Nepal Investment Bank
Barahathawa, Sarlahi
यस परिवार सम्म पुग्नको लागी:
छोरी अमृता – 9817899254
छिमेकी शम्भु साह – 9864076490
थप जानकारीको लागी सरोज रायको न. 9841202025




अती मार्मिक जिबन कथा छ।कृपया सबै जना मिलेरा सहयोग गर्नुहोला।