rajendra mahato11
हुलाकी न्यूज, वीरगंज १ फागुन ।
सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेशमा नरसंहार गरेर मधेश विरोधी संविधान जारी गरेका खसवादी पार्टीहरु जहिले पनि मधेशीलाई अधिकार, पहिचान र स्वाभिमानबाट वंचित गराई पुनः दास बनाउने चलखेल गरिरहेको आरोप लगाएका छन् ।

संविधान संशोधन बिना देशमा स्थानीय निकायको निर्वाचन नहुने ठोकुवा गरेका छन् । सदभावना पार्टीको वीरगंजमा सम्पन्न तिन दिवसीय राष्ट्रिय बिस्तारित बैठकपछि प्रेस मंच नेपाल पर्सा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका छन् ।

उनले संविधान संशोधनको विरोधमा सडकदेखि सदनसम्म खुलेयाम रुपमा एमालले विरोध गरिरहेको र यहि चरित्ररहे मधेशबाट एमाले समाप्त हुने बताए । एमालले मधेश प्रदेशलाई धोती प्रदेश, मधेश आन्दोलनको शहिदहरुलाई लटरम झरेको आँप, मधेशको समतल भूभागलाई युपी बिहारको समतल भू भाग, विश्व प्रसिद्ध मानव साङ्लो लाई माँखे साङ्लो, कालो दिवसलाई मधेशीको अनुहारसँग जोड्नु एमालेलेको चरित्र झल्काएको महतोले बताए ।
वर्तमान संविधान संशोधन नभएसम्म कार्यन्वयन नहुने र कार्यान्वयन नभए स्वतः खारेज हुने भएकोले सो संबिधानलाई खारेज गराउने वा प्राप्त उपलब्धि समाप्त पार्ने कार्यमा एमालले लागेको आरोप महतोले लगाए ।

सदभावना पार्टीको वीरगंजमा सम्पन्न तीन दिवसीय राष्ट्रिय बिस्तारित बैठकबाट पार्टीको छैठो राष्ट्रिय महाधिवेशन २०७४ जेष्ठ १, २ र ३ गते वीरगंंजमा गर्ने निर्णय गरेको छ ।

साथै बैठकले मधेश आन्दोलनमा सहादत प्राप्त गरेका शहीदहरुलाई अझै पनि शहिद घोषणा गर्न बाँकी रहेकालाई शहिद घोषणा, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दा फिर्ता, न्याय परिषदद्वारा नियुक्त ८० न्यायाधीशहरुको नियुक्ति खारेज साथै मधेशी वकिलहरुको आन्दोलनमा ऐक्यवद्धता, मधेश अधिकारका लागि संघर्ष गरिरहेका भूमिगत समुहको मुद्दा फिर्ता गराउने, राष्ट्रिय युवा परिषद एउटा बिशेष दलको कार्यकर्ता भर्ना बन्द गराउने, सडक विस्तारको नाममा आतंक बन्द गर, चुरे क्षेत्रको उचित संरक्षण गर जस्ता महत्वपुर्ण माँगहरु नेपाल सरकार संग अविलम्ब पुराको लागि बैठकले अनुरोध गरेको छ ।

पत्रकार सम्मेलनमा सदभावना पार्टीका महासचिव मनिष सुमन, सहमहासचिव अर्जुन उप्रेती, प्रेस मंच नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी, पर्सा जिल्ला अध्यक्ष ईम्दाद गद्दी, उपाध्यक्ष ईश्वर यादव, प्रेस मंच नेपालका केन्द्रिय उपाध्यक्ष बिन्द किसोर साह, कोषाध्यक्ष एस.एम.जहाँगस्त सहभागि पत्रकार सम्मेलन प्रेस मंच पर्सा शाखाका अध्यक्ष बिजयकुमार ठाकुरको सभापतित्वमा सम्पन्न भएको थियो ।

सदभावना पार्टीको अगामी बर्ष जेष्ठमा हुने छैठो राष्ट्रिय महाधिवेशन मुल तयारी समिती , महाधिवेशन बिद्यान संशोधन मस्यौदा समिती,महाधिवेशन घोषणा पत्र तयारी समिती, महाधिवेशन मुल आर्थिक समिती, महाधिवेशन मुल प्रसार प्रसार समिती, अन्र्तराष्ट्रिय अतिथी सत्कार समिती समेत गठन भइसकेको पार्टीका प्रवक्ता संतोष मेहताले बताए ।

महाधिवेशन अगाडि चैत्र १३ गते देखि १९ गते भित्र गाँउ, वडा अधिवेशन , चैत्र २० गते नगर अधिवेशन , चैत्र २२ गते देखि चैत्र २८ गते भित्र क्षेत्रिय अधिवेशन , वैशाख २ गचे देखि २० गते भित्र सम्पुर्ण जिल्ला अधिवेशन सम्पन्न गर्ने बैठकले निर्णय गरेको पार्टीका सह अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.