roshan-janakpuri
हुलाकी न्यूज, जनकपुरधाम १ फागुन ।
नेकपा क्रान्तिकारी माओवादीका धनुषा जिल्ला ईन्चार्ज रोशन जनकपुरीले नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्नका लागि विभाजित क्रान्तिकारी शक्तिलाई एकजुट हुन आह्वान गरेका छन् ।

तत्कालिन नेकपा माओवादीले ०५२ साल फागुन १ गतेको दिन थालेको जनयूद्ध २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको अवसरमा एक विज्ञप्ति जारी गर्दै केन्द्रिय सदस्य समेत रहेका जनकपुरीले वर्तमान नक्कली राजनीतिक व्यवस्था, संविधान र दलहरुको भर नपरी वास्तिवक मुक्तिको निम्ति संघर्ष र आमूल परिवर्तनकारी क्रान्तिकारी शक्तिालाई समर्थन गर्नका लागि आग्रह गरेका छन् ।

जारी गरिएको विज्ञप्तिमा देशमा भएको राजनीतिक परिवर्तन नाम मात्रको भएको दावी गर्दै नेता जनकपुरीले वर्तमान स्थितीमा संघियता होस् वा संविधान, वर्तमान सत्ताधारीहरुले जनताको चौतर्फी विरोधलाई दमन गरेर र सयौँको हत्या गरेर घोषणा गरेको यथार्थ हामीले जानेको र भोगेको हौँ उल्लेख छ ।

सो जारी गरिएको विज्ञप्तिमा नेता जनकपुरीले वर्तमान संविधान खारेज गरी मजदुर, किसान, मधेशी, आदीवासी, जनजाती, मुस्लिम, महिला, दलित सहित जनसमुदायको सबै पंक्तिलाई स्वीकार्य हुने संघीय जनगणतान्त्रिक संविधान निर्माण मात्र विकल्प रहेको उल्लेख छ ।

दश वर्षे महान् जनयूद्ध अधुरै टुंगिएको यथार्थ हाम्रो सामु रहेको उल्लेख गर्दै नाम मात्रको गणतन्त्र नक्कली संघीयता र नक्कली धर्मनिरपेक्षता तथा यी सबै विषय समेटिएको जनविरोधी र औपचारिक संविधान नेपाली जनताको त्याग, तपस्या र संघर्षको उपलब्धी भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.