
हुलाकी न्यूज, सिरहा 1 फागुन । सिरहामा प्रहरीले स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरूमाथि लाठी चार्ज गर्दा 17 जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ ।
गठबन्धनका सॅयोजक डा सीके राउतलाई अदालत लग्ने क्रममा प्रहरी र राउतका समर्थकबीच झडप भएको थियो ।
गठबन्धनका प्रवक्ता अब्दुल खानका अनुसार सात जना कार्यकर्ता पक्राउसमेत परेका छन् । सुरेन्द्र मधेशी, चन्देश्वर मण्डल, दिपेन्द्र यादब र प्रेम ठाकुरलगायतका पक्राउ परेका छन् ।
खानका अनुसार घाइतेहरूको उपचार सिरहा अस्पतालमा हुॅदैछ ।
अदालतले डा राउतलाई पुनः दश दिन हिरासतमा राख्न आदेश गरेको छ । यसअघि पनि दश दिन म्याद थप गरिएको थियो । आइतबार सिरहामा अदालत अगाडि हजारौको सॅख्यामा राउतका समर्थकहरू सहभागी थिए ।file photo



