16708587_1616120498414965_2942872915626361516_n (1)

अर्कना खातुन, काठमाण्डौं, २९ माघ । महिला माथी बढ्दै गरेको हिंसा विरुद्ध शनिबार राजधानीमा र्याली निकालियो । डा. दिलजान मन्सुरको संयोजकत्वमा ‘विइङ होमो सेपिन्स’ अभियान अन्तर्गत ललितपुरको चापागाउँ दोबाटोबाट सुरु भएको र्याली बालकुरमारी, कोटेश्वर, बानेश्वर, माइतीघर मण्डला, सहिदगेट हुँदै वसन्तपुर पुगेर सम्पन्न गरियो ।

आज अहिलेबाटै परिवर्तन ल्याऔं हरेक महिला, चेली, छोरीलाई सम्मान गरौं, भँदै बसन्तपुरमा पुगेको र्याली कार्यक्रम हेर्न जम्मा भएको भिडबाटै एक महिला सम्मानका साथ बोलाई खादर लगाई सम्मान पनि गरियो ।

16731942_1686434948050326_2066849022_o

कार्यक्रम संयोजक डा.दिलजानले आफुलगायत सम्पूर्ण पुरुषहरुलाई धिक्कार्दै भने, ‘हामी पुरुष भएर छोरीहरुलाई बचाउँन सकेका छैनौं । उनले, भरखरै मात्र रुपन्देहीको बुटवलमा प्रेमिको एसिड प्रहारबाट प्रेमिकाको मृत्युको घटना जोड्दै हामी पुरुषले केहि गर्न नसकेकोमा दुखेसो पोखे । उनले थपे, यस्तो लज्जित घटना फेरि नदोहोरियोस् भन्ने अभियानका साथ आज हामीले यो र्याली निकालेका हौं । हामी पुरुष भएर महिला माथि पुरुषार्थ देखाउँने होईन कि महिला र उनीहरुका सुरक्षाका लागि पुरुषार्थ हुने हो । तपाई एक पाइला उचाल्नु हामी उनानसय पाइला उचालि साथ दिनेछौ  ।’

16640584_1616120511748297_8191134130498523010_n (1)

करिब ६० जनाको र्यालीमा, ‘म पुरुष हुँ त्यसैले म लज्जित छु’, ‘लुगा छोटो होइन, तिम्रो सोच छोटो हो’, ‘यति सुन्दर बुद्धको देशमा पुरुष जन्मे राक्षसको भेषमा’, ‘एसिडले नारीको रुप होइन, पुरुषको अस्तित्व मेटाउँछु’ , ‘त्यो कोखको बलात्कार नगर, जहाँबाट जन्म लियौं’, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.