हुलाकी न्यूज, जनकपुर २८ माघ । संघीय समाजवादी फोरम नेपालका महासचिव रामप्रसाद सहाय यादवले पहिचान र स्वशासन सहितको अधिकार सम्पन्न मधेश बनाउन जुनसुकै कुर्बानी दिन तयार रहेको बताएका छन् ।
जिल्लाको ढल्केवरमा आयोजित संघीय समाजवादी फोरम नेपाल धनुषाको ऐतिहासिक एकताको प्रथम जिल्ला अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसनबाट उनले वर्षौदेखि अधिकारबाट वंचित गरी मधेशीमाथि शोषण गर्दै आएका मुठीभरका खस शासकहरुलाई परास्त गर्न मधेशीलाई पुनः आन्दोलनको आवश्यकता रहेको कुरामा उनले जोड दिए ।
पहिलो मधेश आन्दोलनदेखि नै मधेशीको हक अधिकार लड्दै आएको संघीय समाजवादी फोरम नेपाल पार्टी अहिले राष्टिय पार्टीको रुपमा उभेर मधेशी मात्रै होइन आदिवासी जनजाति, दलित जनजाति सहितका सम्पूर्ण पिछडिएको वर्गको मुक्तिको लागि लड्दै आएको छ ।
राष्टिय पार्टीको उभ्न सफल भएका फोरम नेपालको संघर्षका कारण आज मधेशी मात्र होइन पहाडको आदिवासी जनजाति पनि मधेशीको अधिकारको लागि आवाज उठाइरहेको छ र संगै आन्दोलनमा पनि सहभागी भइरहेको छ ।
केपी ओली जस्ता व्यक्तिले मधेशलाई अलग देश बनाउने नयां साजिस रचेर राज्य पक्षले मधेशीलाई संघीयता सहितको अधिकारबाट वंचित गर्न खोजिरहेका छन् । हामी मधेशी आफ्नो अधिकार प्राप्तिका लागि अन्तिम समयसम्म संघर्ष गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
सहमतिको नाममा ठग्दै आएका शासकहरु संविधान संशोधनको नाममा पुनः मधेशी जनतालाई ठग्ने प्रयासमा लागेका छन तर अब त्यस्तो हुंदैन हामी सजग र सचेत छौ । परिमार्जन सहितको संविधान संशोधन गरी सहमति अनुसारको मधेश प्रदेश सहितका अधिकार संविधानमा सुनिश्चित नभएसम्म फोरम नेपाल संघर्षरत रहने उनले विश्वास दिलाए ।
त्यसैगरी कार्यक्रममा फोरम नेपाल लेखा समितिका संयोजक अमरेश नारायण झाले मधेशी जनतालाई आफ्नो अधिकार प्राप्तिका लागि पुनः आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
मधेशी अघि बढदै गयो भने राज्यले अधिकार निश्चित नै दिन बाध्य हुनेछ भन्दै उनले मधेशीको आन्दोलनको शक्तिबाट डराई रहेको भने । उनले राज्य मधेशीलाई अधिकार नदिएसम्म देशमा कुनै प्रकारको निर्वाचन सम्पन्न हुन नदिने चेतावनी दिए।
जिल्ला अधिवेशन सम्पन्न गराउन केन्द्रबाट निर्वाचन अधिकृतको रुपमा आएका केन्द्रिय सदस्य जितेन्द्र यादवले अधिकार विहिन संविधानलाई मधेशी मात्र होइन देशका कुनैपनि समुदायले स्वीकार गरेको छैन भन्दै परिमार्जन सहितको सविधान नआएसम्म कार्यान्वयन हुन नदिने चेतावनी दिए ।
उनले भने समावेशी लोकतन्त्र र गणतन्त्रलाई समाप्त पार्ने खेल अहिले राज्य पक्ष लागेको भन्दै त्यसलाई परास्त गर्न अब सबै मधेशीले अघि बढनुपर्ने बताए ।
सो अधिवेशनमा सभासद उर्मिला साहले हामी मधेशी जनजाति आदिवासी सहितका पिछडिएको वर्गको आन्दोलन र एकताबाट सरकार डराएर अधिकार दिन चाहेपनि नेकपा एमाले नै प्रमुख बाधक बनेर अघि बढेको बताए ।
उनले भने अबको लडाई हाम्रो केपी ओली प्रवृति समाप्त पार्नका लागि हुने कुरामा जोड दिए ।
फोरम नेपाल धनुषाका अध्यक्ष शेषनारायण यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्र कार्यक्रममा फोरम नेपालका केन्द्रिय सदस्य राजकिशोर यादव, प्रदेश समितिका सदस्य दिपनारायण मण्डल, रामरत्न यादव, समाजवादी शिक्षक फोरमका महासचिव अरविन्द यादव, बुद्धिजीवी फोरमका महासचिव सुरेन्द्र राय, समाजवादी विद्यार्थी फोरम नेपालका महासचिव बरुण यादव, तमलोपा धनुषाका सचिव धिरेन्द्र सिंह, संघीय प्रेस फोरमका उपाध्यक्ष आतिश मिश्र, फोरम नेपाल महोत्तरीका अध्यक्ष रामनिवास यादव र फोरम नेपाल धनुषाका उपाध्यक्ष चन्देश्वर महतो लगायतका अतिथिहरुले आ आफ्ना धारणा राखेका थिए ।
दुईदिन अधिवेशनको आज पहिलो दिन जिल्लाको ढल्केवरमा सम्पन्न भएको छ भने माघ २९ गते बन्द सत्रबाट नयां कार्यसमिति चयन हुने जनाइएको छ । अधिवशेनमा भाग लिन जिल्लाभरिका प्रतिनिधिहरु सहभागी भएका छन् ।
Add your comment मुख ले होईन गरेर हेराउनु यादव जी ।।। हाम्रो मधेस कुनै पनि ठाउँ म बिकाश भाइरहेको छैन ।। 18 जिल्ला म 1.5 करोड मान्छे छ न पुल छ न बिधुत न बति गाउँ घर म न सडक निर्माण म न सरकार सङ सडक म बति गाउँ घर को पोल म न सुरक्षा छ राती म न ambulance छ