bhairahawa
रबिन्द्र प्रताप गुप्ता, भैरहवा २८ माघ ।
रुपन्देहीका विभिन्न स्थानमा रहेर उच्च शिक्षाको लागि नेपाल भन्दा बाहिर जान चाहने विद्यार्थीहरुलाई परामर्श दिदैं आइरहेका व्यवसायीहरुले रुपन्देही शैक्षिक परामर्श संघ नेपाल नामक संस्था गठन गरेका छन् ।

व्यवसायीहरुको भेलाले सुनिल जोशीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा रोशन कंडेल, उपाध्यक्षमा गोविन्दराज अधिकारी, महासचिवमा देव बहादुर कुवंर, सचिवमा मोहन घिमिरे, सह–सचिवमा दिनेश पौडेल कोषाध्यक्षमा अमित पौड्याल र सह–कोषाध्यक्षमा गंगा सापकोटा रहेका छन् ।

त्यसै गरी सदस्यहरुमा करिश्मा पाण्डे, निशानबाबु कार्की, दिपेश अर्याल, यादव बस्याल, झवि न्यौपाने, मिन प्रसाद शर्मा र शंकर पाण्डे रहेका छन् ।

यस क्षेत्रमा रहेका व्यवसायी बीचको सम्बन्ध सुमधुर बनाउने, व्यवसायी तथा विद्यार्थी बीच रहेको अन्यौलतालाई हटाउने र व्यवसायलाई मर्यादित बनाउने उद्धेश्यले संघ गठन गरिएको संस्थाका सह–सचिव दिनेश पौडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.