press manch
हुलाकी न्यूज, वीरगंज २८ माघ ।
हुलाकी न्यूजले स्वतन्त्र मधेश गठबन्धनका अभियन्ता डा. सीके राउतको अभियानलाई प्रोत्साहित तथा प्रचार प्रसार गरेको आरोपमा प्रेस काउन्सिल नेपालले यहि मिति २०७३/१०/२५ गते मंगलबार स्पष्टीकरण सोधेकोमा प्रेस मंच नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मंचका केन्द्रिय अध्यक्ष संतोष पटेलले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी हुलाकी न्यूजले राउतको अभियानलाई प्रोत्साहित तथा प्रचार प्रसार नगरी जनतामा सत्य तथ्य सूचना पु¥याएर पत्रकारिताको पेसागत धर्म निर्वाह गरेको बताएका छन् ।

पटेलले प्रेस काउन्सिलको यो कदमले राज्यमा अझै पनि हुकुमी शासन चलिरहेको स्पष्ट हुन्छ, तर त्यसलाई राउतको अभियानलाई प्रचार प्रसार तथा प्रोत्साहन गरेको देख्नुले मधेश तथा मधेशी पत्रकार, संचार माध्यमहरुलाई देख्ने दृष्टि स्पष्ट भएको उल्लेख गरेका छन् ।

‘तसर्थ यस्ता विभेद गर्ने कार्यहरु अविलम्ब बन्द गर्न हामी जोडदार माग गर्दछौं’ प्रेस मञ्चका अध्यक्ष पटेलले भनेका छन् ।

पटेलले भने।, साथै मधेश आन्दोलनको बेला मधेशकेन्द्रित संचारगृहले सत्यतथ्य समाचार प्रकाशन एवं प्रशारण गर्दा पनि प्रेस काउन्सिलले बिना कारण अंकुश लगाउने कार्य लुकेको छैन ।’

मधेशी मिडिया माथिको विभेदपूर्ण नियत काउन्सिलले नसच्याए आफूहरु संघर्षमा उत्रिन बाध्य हुने बिज्ञप्ती मार्फत अध्यक्ष पटेलले चेतावनी दिएका छन् ।

स्वतन्त्र मधेश गठबन्धनका अभियन्ता डा. सीके राउत पक्राउ परेका सम्बन्धी समाचारहरुले व्यापक रुपमा स्थान पाइरहेको देखिन्छ ।

साथै प्रायः सबैजसो संचार माध्यमहरुले आ–आफ्नो कोणबाट समाचारहरु प्रकाशन तथा प्रसारण गरिरहेको सम्पूर्ण नेपालीमा अवगत नै होला ।

कतिपय राट्रिय मिडियाहरुले आ–आफ्नो विश्लेषण सहितको समाचारहरु प्रकाशन तथा प्रसारणमा ध्यान दिइरहेका छन् भने मधेश केन्द्रित मिडियाहरुले मधेशलाई केन्द्रविन्दुमा राखी समाचारहरु प्रकाशन तथा प्रसारण गरिरहेको बिज्ञप्ती मार्फत पटेलले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.