हुलाकी न्यूज, काठमाडौं, ५ असोज । मधेशमा जारी आन्दोलनलाई मध्यनजर गर्दै भारत सरकारले नेपालसँगको सीमामा सुरक्षा कडा पारेको छ । नेपाल आउने सम्पूर्ण बोर्डर सिल गरिएका छन् भने आवतजावत र सामान ढुवानीमा पनि रोक लगाइएको छ ।
नेपालसँगको सीमामा भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो सक्रियता बढाएको छ । भारतले वीरगंजसँग जोडिएको रक्सौलमा पनि उच्च सुरक्षा व्यवस्था राख्दै नाका ठप्प पारेको छ ।
वीरगंजमा जारी कफ्र्यू र निषेधाज्ञाका बिच प्रदर्शन भइरहेको र यसले भारतको सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै सीमानाका बन्द गरिएको भारतीय स्थानीय पत्रकारहरुले जनाएका छन् ।
भारतको रक्सौलमा रहेको अस्पतालमा उच्च सतर्कता अपनाउन भनिएको छ । आन्दोलनका क्रममा घाईते बढ्न सक्ने र उपचारका लागि रक्सौल जाने गरेकाले अस्पतालमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
यसअघि भारतले संविधान जारी भएको २४ घण्टाभित्रै दुईपटक वक्तव्य जारी गरी आफ्नो असन्तुष्टि जनाईसकेको थियो । अघिल्लो पत्रमा भारतले नेपालको संविधानलाई समर्थन नगर्ने भन्दै सांकेतिक चेतावनी दिएको भारत सरकारले हिजो राति झनै कडा वक्तव्य निकाल्दै सीमा नाका र ढुवानी बन्द गर्ने सम्मको चेतावनी दिएको थियो ।





Very Good India Keep it up…
In my view Indian government is doing right. I think relation of Nepal and India was good because of Madhesh ie Terai region, as we we marital relation and we live together in brotherhood. Now people of Terai are suffering from Nepal government because of same politician.
I know even people of Madhesh will suffer from sealing border and other things but at least those politician will learn a letion and will thing about people of Madhesh and give their basic right.
Thank you…
The Indian Century Begins In Nepal http://demrepubnepal.blogspot.com/2015/09/the-indian-century-begins-in-nepal.html