sadbhawana birgunj
हुलाकी न्यूज, वीरगन्ज २८ माघ । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीको राष्ट्रिय कार्य समितिको विस्तारित बैठक वीरगंजमा प्रारम्भ भएको छ ।

तीन दिनसम्म चल्ने कार्यक्रममा शुक्रबार र शनिबार बिस्तारित बैठक र फाल्गुन १ गते बैठकमा सहभागीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको जानकारी केन्द्रीय सदस्य उपेन्द्र महतोले गराए ।

तीन दिनसम्म चल्ने सो कार्यक्रममा केन्द्रीय कार्य समिति, राष्ट्रिय सल्लाहकार समिति, संसदीय समिति, अनुशासन समिति, केन्द्रीय स्तरको सबै विभाग, सबै वर्गीय मंचका केन्द्रीय अध्यक्ष, सबै जिल्लाका जिल्ला अध्यक्ष र केही आमन्त्रित पार्टीका सदस्यहरू गरी २५० जनाको सहभागिता रहेको पार्टीका केन्द्रीय सचिव राजाराम पासवानले जानकारी गराए ।

वर्गीय मंचहरूको संगठन सम्बन्धी प्रतिवेदन, पार्टी राष्ट्रीय महाधिवेशन, सदभावना पार्टी परिचालन निर्देशिका २०७३, सदभावना पार्टी आर्थिक नियमावली २०७३, पार्टी नियमावलीमा संसोधन, मधेशी ट्रेड यूनियन महासंघ नेपालको संगठन बिस्तार, समसामयिक राजनीतिक परिस्थिति र विविधमा राष्ट्रिय कार्यसमिति विस्तार सम्बन्धी बैठकको प्रमुख एजेण्डा रहेको पार्टी महासचिव मनीष कुमार सुमनले जानकारी गराए ।

तीनबुँदे सहमतिमा सरकारलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले समर्थन गरेको भए पनि मधेश आन्दोलन सम्बन्धमा सरकारले अधुरो संविधान संशोधन विधेयक संसदमा दर्ता बाहेक केही नगरेको आरोप मोर्चाको छ । बैठकले सरकारलाई दिएको समर्थनमा पनि पुनर्विचार गर्ने बुझिएको छ । साथै बैठकले मधेश आन्दोलन, संविधान संशोधन, चुनाव, आगामी आन्दोलन लगायतको विषयमा पनि ठोस निर्णय लिने बुझिएको छ ।

sadbhawana birgunj1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.