16709355_10208506495555424_1476839457_o

हुलाकी न्यूज, बाँके,२७ माघ । बाँकेको होलिया गाविसको दुर्गम मानिने चौफेरी, कुडवा, कृषि चौफेरी र बाढीबाट विस्थापीत भएर हजरत सामूदायिक बन र झोरा जंगलमा बसेका बासिन्दाहरु गाउँघरमा नै परिवार नियोजनको सेवा लिन पाउने भएछन् ।

गाविसका स्वास्थ्यचौकीबाट पूर्ण रुपमा खुलेर परिवार नियोजनको सेवा लिन नपाएर महिलाहरु ीपडामा रहेका छन् । मातृ तथा शिशु मृत्यु दर घटाउने उद्देश्यले जिल्ला जनस्वाथ्य कार्यालय बाँकेले १० वटा गाविसमा उक्त अभियान सुरु गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले १० वटै गाविसका स्थानीय बासिन्दाका लागि स्वास्थ्य समस्या पर्दा मात्र होइन, स्वास्थ्य उपचार, गर्भवती महिलालाई परामर्श, परिवार नियोजनसम्बन्धी सल्लाह सुझावका साथै परिवार नियोजन सम्बन्धी घरमा नै सेवा प्रदान गर्नका लागि रोभिङ अनमीहरुलाई परिचालन गरेको छ ।

बाँकेको होलिया र बेतहानी गाविसको गाउँघरमा परिवार नियोजनको सेवा र गर्भवती महिलाहरुलाई परामर्श दिन अनमी सिमा घर्ति मगर खानलाई नियुक्त गरेको छ । घण्टौँ पैदल हिँडेर स्वास्थ्यचौकीसम्म जानु पर्ने भएको बाध्यता एकातिर छ, भने घर परिवारको दबाबका कारण गर्भवस्थाका बारेमा खुलेर बोल्न नदिने भएकोले मधेशी समूदायका महिलाहरु अकालमा ज्यान गुमाउनु परेको स्वयम सेवीकाहरुले बताए ।

होलिया स्वस्थय चौकीले बिहिबार अनमी सिमा घर्ति मगर खानसंगको परिचायत्मक कार्यक्रममा स्वयसेवीका कुश्मा बर्माले मधेशी महिलाहरुलाई परामर्शको धेरै आवश्यकता रहेको बताइन् । सरकारी स्तरमा रहेका पहाडी कर्मचारीको बिभेदका कारण महिलाहरु परिवार नियोजनको सेवा लिन पनि बञ्चित रहेको अवस्थामा आफनै समूदायको अनमी गाँउमा पुगेर परामर्श दिने भएकोले सेवा पूर्ण प्रभावकारी हुने बताइन्।

होलिया स्वस्थ्य चौकीका सिनियर अहेवा जयलाल उपाध्यायले स्वयम सेवीकाहरुले गरेको काम धेरै महात्वपूर्ण र प्रशंसा योग्य रहेको बताउदै रोभिङ अनमी खानलाई स्वास्थय चौकीको पूर्ण सहयोग र साथ दिइ सहयो पुर्याउने बताए । उनले २०७३ मा २ जना गर्भवती महिलाको ज्यान गएपछि होलिया गाविसलाई सम्बेधनशील गाविसका रुपमा जनस्वस्थ्य राखेको बताए ।

होलिया गाविसको स्वस्थ्य चौकीका सिनियर अहेवा जयलाल उपाध्यायको अध्यक्षतामा भएको परिचायत्म कार्यक्रममा अनमी पवन कुमारी बहुनी, अनमी बिनिता कुमारी यादव सोभिङ अनमी सिमा घर्ति मगर खान लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.