
हुलाकी न्यूज, गौशाला २४ माघ । गौशाला नगरपालिकाका कार्यकारी अधिकृत शम्भु ठाकुरले मनपर्दी ढंगले कार्यालय संचालन गरेको भन्दै स्थानियहरुले नगरपालिकामा तालाबन्दी गरेका छन् ।
गौशाला नगरपालिकाका कार्यकारी अधिकृत शम्भु ठाकुरले कार्यलयमा हाजिर भएदेखि नै मनपर्दी ढंगले कार्यालय सञ्चालन गरेको भन्दै स्थानियहरु तीन वुँदे माग राख्दै कार्यालयको मुलगेटमा तालाबन्दी गरेका हुन् ।
गत माघ ११ गते नगरपालिकाले टेण्डरको वोलपत्रको नतिजा परादर्शी ढंगले निकाल्नुपर्ने, प्रत्येक वडामा कार्यालय स्थापना गरि वडा सचिव खटाउनुपर्ने र कार्यालय प्रमुखले नियमित रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने माग स्थानियहरुले गरेका छन् ।
आफुहरुले यस सम्बन्धमा वारम्बार सुध्रिनको लागि गरेको आग्रहलाई वेवास्ता गरेपछि वाध्य भएर कार्यालयमा तालाबन्दी गर्नुपरेको नागरिक वडा मञ्चका पूर्वअध्यक्ष नविन कुमार साहले बताए ।
नगरपालिकाले माघ २० गते प्रकाशित गरेको आश्यपत्र प्रति आपत्ति जनाएका जनन्योति कन्सट्रक्सन लगायत ४ वटा कन्सट्रनले निर्णय पुनरावलोकन गर्न दिएको निवेदनमा आईतवार ईलाका प्रशासन कार्यालय गौशालाका प्रशासकीय अधिकृत कामेश्वर यादव, ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेल, नगरपालिकाका कर्मचारी र ठेकेदारहरुवीच आईतवार अबेर रातीसम्म भएको छलफलमा सोमवार बिहान १० बजे बोलपत्र नपर्नुको कारण लिखित रुपमा दिने सहमति भएको थियो ।
यता, कार्यकारी अधिकृतको विगतको चालचलनबाट पिडित भएकाहरु सम्झौता भए पनि कार्यकारी अधिकृत ठाकुर राती नै भाग्न सक्ने भन्दै उनलाई निगरानी गरेका थिए । तर सोमबार बिहानसम्म निगरानी गरेकाहरुलाई नगरपालिकामा आएर लिखित दिने भन्दै तपाईहरु कार्यालय हिन्नुस भनेका कार्यकारी अधिकृत आपूm कार्यलय नपुगि फरार भएका छन् ।
सो पश्चात कार्यालयमा कार्यकारी अधिकृत उपस्थित नभएपछि स्थानीयहरुले नगरपालिकाको मुल गेटमा तालाबन्दी गरेका छन् । यता नगरपालिकाको मेनगेटमा तालाबन्दी भएपछि सेवाग्राहीहरु मार्कामा परेका छन् ।
नगरपालिकाका रवैयाका कारण दैनिक रुपमा कामका लागि आउने सैयकडौ सर्वसधारणहरु प्रत्यक्ष प्रभावित भएको स्थानिय वुद्धिजिवीहरुले प्रतिक्रिया दिएका छन ।



