madheshi morcha saptari
हुलाकी न्यूज, सप्तरी २४ माघ ।
मधेशी मोर्चा सप्तरीले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउत र उनका समर्थकहरुलाई अविलम्ब रिहा गर्न नेपाल सरकारसँग अपील गरेको छ ।

मधेशी मोर्चा सप्तरीका प्रवक्ता भगवती प्रसाद यादवले सोमबार प्रेस विज्ञप्ति जारी गरी अविलम्ब रिहाईका लागि अपील गरेका हुन् ।

‘सीके राउत आफ्नो विचार राखेकाले राज्यपक्षद्वारा राउतलाई हिरासतमा राखी अनुसन्धान गर्ने कार्य तथा राउतलाई रिहा गराउने उहाँका समर्थकलाई समेत प्रशासनद्वारा पक्रिएर हिरासतमा राख्ने कार्य निन्दीय एवं खेदपूर्ण छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

2 COMMENTS

  1. सकारात्मक होस नकारात्मक होस जनताले जाहेर गरेको बिचार सार्वजनिक गर्नु पत्रकारिताको कर्तव्य त हो तर सकारात्मक बिषयलाई चाहिँ बढी प्राथमिकता दिए अझ प्रभावकारी हुन्थ्यो जस्तो लाग्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.