
हुलाकी न्यूज, काठमाडौं २४ माघ । विश्वभरि छरिएर रहेका मधेशीहरुको साझा संगठन गैरआवासीय मधेशी संघ (नन–रेसिडेन्ट मधेशीज एसोसिएसन)ले डा. सीके राउतको गिरफ्तारीलाई गैरकानूनी, गैरलोकतान्त्रिक र गैरसंवैधानिक रहेको ठहर गरेको छ ।
एनआरएमए अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाले विज्ञप्ति जारी गरी डा. सीके राउतलाई अविलम्ब रिहा गर्नुपर्ने माग गर्दै उनका समर्थक सुरेन्द्र यादवको अवस्था सार्वजनिक गर्न मागसमेत गरेका छन् ।
सुरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरी अवस्था अज्ञात बनाएको छ । अहिलेसम्म सुरेन्द्र यादवका बारेमा कुनै जानकारी प्रहरीले दिएको छैन ।




Jasle Desh drohi lae sapot Garcha to nepali putra haena bharatia dalal ho