
हुलाकी न्यूज, काठमाडौं २३ माघ । नेपाल मानव अधिकार संगठनले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतलाई अविलम्ब रिहा गर्न नेपाल सरकारसँग अपील गरेको छ ।
नेपाल मानव अधिकार संगठनका अध्यक्ष ईन्द्र प्रसाद अर्यालले शुक्रबार विज्ञप्ति जारी गरी डा. राउतको पक्राउ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सीके राउतलाई थुनेर समस्या समाधान नहुने भन्दै अविलम्ब रिहा गरी प्रभावकारी वार्ताको थालनी गर्न नेपाल सरकारलगायत सम्पूर्ण पक्षलाई आग्रहसमेत गरेको छ ।



