प्रदिप यादव, रौतहट ४ असोज । आईतवार मात्र आएको संविधान जलाउने क्रममा रौतहटको मध्य बजार गरुडामा आन्दोलनकारी र प्रहरीबिच झडप भएको छ ।

झडपको क्रममा प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन करीब ५० राउण्ड अश्रु ग्याँस र गोली फायर गरेको स्थानीयले बताएका छन् । करीब १० हजारको संख्यामा गाउँगाउँ बाट आएका स्थानीयले गरुडास्थित मुख्य बजारमा नाराबाजी गर्दै संविधान जलाउन लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रहरी हस्तक्षेप पश्चात उत्पन्न तनाव झडपको क्रममा परिर्वतन भए लगत्तै प्रहरीले आन्दोलनकारीमाथि बल प्रयोग गरेको आन्दोलनकारीले हुलाकी न्यूजलाई बताएका छन् । प्रहरीले बलपूर्वक भिड हटाउँदै लठ्ठी चार्ज गरेपछि स्थानीयले ढु¨ामुढा गरेका थिए । गाउँ गाउँबाट आएका स्थानीयको संख्या अत्याधिक रहेकोले झडप नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो ।

यता स्थिति नियन्त्रण भन्दा बाहिर गएको भन्दै स्थानीय प्रशासनले साँझ साढे पाँच बजे देखि गरुडा नगरपालिका क्षेत्रभित्र कर्फयु आदेश जारी गरेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले अर्को आदेश जारी नभएसम्म कर्फयु जारी रहने स्थानीय संचारकर्मीलाई जानकारी गराएका छन् ।

झडपमा परी थुप्रै प्रर्दशनकारी र केही प्रहरी घाईते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.