nepalgunj
आभिषेक गुप्ता, नेपालगञ्ज २३ माघ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले स्थानीय निकाय पुनर्संरचना आयोगले सरकालाई बुझाएको प्रतिवेदन नेपालगञ्जमा जलाएका छन् ।

मोर्चाका नेता कार्यकर्ताहरु नेपालगञ्ज बजार परिक्रमा गर्दै कमल मधेशी चौक अगाडि जम्मा भएर प्रतिवेदन मधेश विरोधी भएको भन्दै जलाएका हुन् ।

जनसंख्याको आधारमा स्थानीय निकाय गठन गरिनु पर्ने आफूहरुको मागलाई बेवास्ता गरी प्रतिवेदन तयार पारिएको हुँदा आफूहरु बाध्य भएर प्रतिवेदन जलाउन सडकमा उत्रिएको सदभावना पार्टीका अध्यक्ष लक्ष्मीनारायण बर्माले बताए ।

आफूहरुलाई कुनै हालतमा पनि प्रतिवेदन अनुसारको स्थानीय निकाय मान्य नहुने बताएका छन् । आयोगको प्रतिवेदनका आधारमा मधेश र मधेशी जनताको भावना विपरित गरिने स्थानीय निकायको निर्वाचन आफूहरुले बिथोल्ने मोर्चाका नेता तथा संघीय समाजवादी फोरम नेपालका बाँके अध्यक्ष कमरुदीन राईले बताए ।

विरोध कार्यक्रममा सम्बोधन गर्दै तमोलोपका अध्यक्ष गिरज पाठकले भने, ‘सरकार मधेश विरोधी नभएको भए वार्ताबाट केही हल अवश्य हुन्थ्यो ।’

सरकारले मधेशी जनतालाई विदेशी जस्तै ब्यवहार गरेर दमन गरेको प्रति आपत्ति प्रकट गरेका थिए ।

यस्तै विरोध कार्याक्रमा सम्बोधन गदै तराई मधेश सद्भवान पार्टीका अध्यक्ष केशवराम बर्माले भने सरकारले निकास नदिएसम्म यसको समाधान विदेशबाट हुँदैन बर्माले भने, मानवीय संवेदना हामी भन्दा बढि सरकारमा हुनु पर्छ ।

विरोध कार्यक्रममा सहभागीहरुमा सदभावना पार्टीका उपाध्यक्ष रेखा गुप्ता सदभावना पार्टीका केन्दि«य सदस्य रामकुमार दिक्षित संघीय समाजवादी फोरम नेपालका नेता कौशल कुमार मिश्र संघीय समाजवादी फोरम नेपाल नेतृ मम्मत बानिय तमोलोपका केन्दि«य सहमहमन्त्री पशपति दयाल मिश्र तमोलोपका नेता जगदीश शुक्ला तमोलोपका राजकिशोर मिश्र लागयतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.