ashok singh
हुलाकी न्यूज, रौतहट २३ माघ ।
शान्तिपूर्ण प्रदर्शनको क्रममा शुक्रवार हिरासतमा लिएका रौतहट, हजमीनियाका ६० वर्षीय वृद्ध अशोक सिंह, पचरुखीको ३६ बर्षका बिरेन्द्र साहलाई अनुसन्धानका नाममा ४ दिनदेखि प्रहरीले हिरासतमा राखेको छ ।

सिरहाका संजय यादव, राजकुमार त्यागी, रोशन यादव, अशोक कुमार यादव, रामशंकर यादव,सुरेश यादवलाई अनुसन्धानको नाममा थप ७ दिन थुनामा राखेको छ ।

धर्नामा बसिरहेका मध्ये आइतबार पक्राउ पर्नेहरूमा सिरहाका विपिन यादव, प्रमोद यादव, अमरनाथ साह, रूकेश साह, अरूण यादव, रामसागर यादव, मदनकृष्ण यादव, करण यादव, रामकरण सिंह, मिथिलेश कापर, चन्द्रदेव यादव र जितेन्द्र यादव रहेका छन ।

यसअघि संजय यादव, राजकुमार त्यागी, सहित ६ जना पक्राउ परेका मध्ये सुरेन्द्र यादवको अवस्था अझै अज्ञात राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.