ck supporters
हुलाकी न्यूज, जनकपुरधाम २३ माघ ।
स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. सीके राउतलाई बिहीबार दिउँसो ३.०० बजे पक्राउ गरे लगतैदेखि शुरू भएको शांतिपूर्ण विरोध जनप्रदर्शन जारी रहेको छ ।

कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, रूपन्देही, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, घनुृषा, सिरहा, सप्तरी, मोरंग र झापाका शहरी तथा ग्रामीण ईलाकाहरूमा प्रदर्शन भएको छ ।

यसै क्रममा कैयौं ठाउँहरूमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका जनता, कार्यकर्ता एवं नेताहरूमाथि नेपाल प्रहरीद्वारा जबरजस्ती हस्तक्षेप गरी दमन गरेका छन् ।

सिरहा जिल्ला अदालत अगाडि शान्तिपूर्ण धर्ना दिइरहेका कार्यकर्ताहरूमाथि प्रहरीले लाठी चार्ज गरी दर्जनौं नेता कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.