Microsoft Word - ANTA -PR_ HR 2017
हुलाकी न्यूज, काठमाडौं २३ माघ ।
एसोसिएसन अफ नेपाली तराइएन इन अमेरिका (एन्टा)ले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।

एन्टाका महासचिव अरविन्द कुमार सिंहले विज्ञप्ति जारी गरी नेपाल सरकारलाई ‘डा. सीके राउतलाई रिहा गर र तराई मधेशमा मानव अधिकार उल्लंघन बन्द गर’ भनेका छन् ।

एन्टाले अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाहरु युएनएचसीआर, ह्युम्यान राइट्स वाच, युनाइटेड नेशन्ज लगायतलाई तराई–मधेशमा भइरहेको मानव अधिकार उल्लंघनका बारे ध्यानाकर्षणसमेत गराएको छ ।

शान्तिपूर्ण प्रशर्दनका क्रममा नेपाल सरकारद्वारा गिरफ्तार गरिएका सीके राउत लगायत सम्पूर्ण कार्यकर्ताहरुलाई अविलम्ब रिहा गर्न मागसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.