अर्कना खातुन, काठमाडौं, ४ असोज । नेपालको नयाँ संविधान राष्ट्रपति डा.रामवरण यादवद्वारा संविधानसभाबाट जारी भएको घोषणा लगतै काठमाडौंका विभिन्न स्थानहरुमा मैनबत्ती बालेर दीपावली मनाई खुसीका साथ स्वागत गरियो भने जनकपुरमा राष्ट्रपतिको घरसमेत गरि प्रमुख दलका नेताहरुको घरमा बत्ती नबाली ब्ल्याक आउट गरिएको थियो । जनकपुर उपमहानगरपालिका ९ स्थित राष्ट्रपति डा. रामवरण यादवको घर ब्रह्मपुरीमा आईतबार संविधानघोषणा हुनासाथ ब्ल्याक आउट गरिएको थियो । उनको घरमा एउटा पनि बत्ती बालिएन ।

अन्धकारमय राष्ट्रपतिको निवासले राष्ट्रपति खुसी नरहेको संकेत गरेको धेरैको ठहर छ । यता, कांग्रेसका नेता थता भौतिक योजना तथा पूर्वाधारमन्त्री विमलेन्द्र निधिको निवासमा पनि बत्ती निभाईएको थियो । जनकपुरमै राष्ट्रपति निवास छेउमा रहेका एमाले नेता तथा पूर्वमन्त्री रघुवीर महासेठको घरमा समेत बत्ती बलेको थिएन । अन्य सांसद शीतल झा, एमाले केन्द्रीय नेता शत्रुध्न महतो, रामकृष्ण यादव लगायत कांग्रेसका पूर्वसभासद एवं जिल्लाअध्यक्ष रामसरोज यादवलगायतका नेताहरुको निवासमा बत्ती बालिएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.