
हुलाकी न्यूज, काठमाडौं २१ माघ । सशस्त्र संघर्षरत् भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले डा.सीके राउतलाई बिना शर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।
गोइतले बिहीबार विज्ञप्ति जारी गरी डा. सीके राउतलाई रिहा नगरिए व्यापक प्रतिरोध आन्दोलनको सृष्टि गर्नु बाहेक मधेशीहरुका अगाडि अर्को विकल्प रहने चेतावनी दिएका छन् ।
प्रेस विज्ञप्ति
इतिहासका निर्माता जनता हुन् । यही २०७३ माघ ५ गते सिरहा जिल्लको लहानमा उमडेको स्वतन्त्रता पक्षधर जनसागरबाट आतंकित नेपाली शासकले आज २०७३ माघ २० गते दिउँसो २.५०मा जनकपुरधाम स्थित आफ्ने निवासबाट ग्रीलढोकाको ताल्चा फुटाएर डा. सी.के.(चन्द्र कान्त) राउतलाई कथित राज्य विप्लव मुद्दाको बहानमा पक्राउ गरेर मधेशीहरुको मधेशमा नै मानवअधिकार हन्न गरेको छ । नेपालीहरुले भारत–नेपाल ‘शांति एवं मैत्री सन्धि १९५० को धारा– ८ को आधारमा भारत अधीनस्त तिस्टादेखि मेचीसम्म र महाकालीदेखि सतलजसम्मको भूभागहरुसहितको‘वृहत्तर(ग्रेटर) नेपाल’कोे मान्यता राख्दा, आवाज उठाउँदा र संगठित अभियान चलाउँदा नेपालको संविधान र कानून सम्मत हुने र सोही सन्धिको धारा– ८ कै आधारमा मधेशीहरुले नेपाल अधीनस्त मेचीदेखि महाकालीसम्मको तराईको सन्दर्भमा इतिहासले गरेका प्रामाणिक आधारमा मान्यता राख्दा र आवाज उठाउँदा नेपालको संविधान र कानून सम्मत नहुने । भारत–नेपाल ‘शांति एवं मैत्री सन्धि १९५० को धारा– ८ को नेपालमा दोहरो मापदण्ड रहेको छ ।
तराईका मूल निवासी(मधेशी)हरुको ऐतिहासिक आवश्यकता मुक्ति स्वतन्त्रता विरुद्ध नेपाली राज्य सत्ताले तराईका मूल निवासी(मधेशी)हरुको सर्वश्रेष्ठ छोराछोरीहरुको कायरतापूर्ण गैरन्यायिक हत्याको श्रृंखला, गैरकानूनी धडपकडको आतंक, भूmठा मुद्दामा कारागारमा काचेर तराईमा मध्ययुगीन जंगली राज चलाउने दुस्साहस गरिरहेका छन् । आज तराईका मूल निवासी(मधेशी)हरु परतन्त्रता र स्वतन्त्रताको दोसाँधमा खडा छ । नेपाली राज्य सत्ताले तराईका मूल निवासी(मधेशी)हरुको शान्तिपूर्ण राजनैतिक निकासको सबै ढोकाहरु बन्द गरेका छन् । यो स्थितिमा डा.सी.के.राउतको विना शर्त रिहाई गरेन भने मधेशीको राष्ट्रीयता, स्वतन्त्रता र स्वाभिमानको रक्षा तथा आफ्नो र आफ्ना छोराछोरीहस्को बाँच्ने अधिकारका निमित्त समेत व्यापक प्रतिरोध आन्दोलनको सृष्टि गर्नु बाहेक मधेशीहरुका अगाडि अर्को विकल्प रहेको छैन ।
मिति २०७३ माघ २० गते ।
(जयकृष्ण गोइत)
अध्यक्ष
केन्द्रिय समिति
जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)



