
अर्कना खातुन, काठमाण्डौं, १९ माघ । नेपाल् बिद्यार्थी संघको केन्द्रिय सह-महामन्त्री राजेश कुमार रौनियारले, स्ववियु विद्यार्थीको उर्जाको स्रोत भएकोले यसको निर्वाचनको बिकल्प नरहेको बताउँनु भयो । उनले, ‘हुलाकी न्यूजसँग कुरा गर्दै यस पालिको स्ववियु निर्वाचनमा नेबिसंघको नेतृत्व तहले खेल्नु पर्ने भुमिकामा केही कमि कमजोरी भएपनि बिद्यार्थी आन्दोलनको समुचित ब्यवस्थापन नेबिसंघले नै गर्ने ठोकुवा गर्नु भयो ।’
स्ववियु निर्वाचनको सम्बन्धमा उनले भने, ‘विद्यार्थी राजनीतिलाई सबैले नियाल्दै छन् र यसलाई एउटा पर्वको रुपमा लिँदैआएका छौ । तर अहिले आएर यस भित्र चित्त नबुझ्दा चलखेल भैरहेको छ । त्रिबिले अपनाएका प्रत्यक्ष र समानुपातीक प्रणालीलाई समर्थन गर्दै भने, समानुपातीक र समावेशी प्रणलीले सबै जाती र वर्गलाई समेटेको छ ।’
तर, नेविसंघ भित्र कै केहि साथीहरुले समानुपातीक हुनुहुँदैन भन्ने किसिमका विरोध गर्दै छन् । नेविसंघको स्थिति राम्रो रहोको बताउँदै नेविसंघले नै धेरै ठाउँमा चुनाव जित्ने दावा पनि गरे । उनले आउँने स्ववियु निर्वाचनमा समानुपातीक र प्रत्यक्षमा कोहि नछुट्ने गरि सबैलाई समेटि टिकट दिनुपर्ने विचार राखे । अबको पालोको नेतृत्वलाई सबैले सहि समर्थन गरि अगाडि बड्न आग्रह पनि गरे ।
केहि नेविसंघका असन्तुष्ट साथीहरुले केहि क्याम्पसहरुमा ताला बन्दि गरेका छन् । उनले भने, ‘म आग्रह गर्छु सबका कुरा सुनि बुझि सन्तुष्टि भई व्यवस्थापन गरि कार्यलाई अगाडि बढाउँ । स्ववियु निर्वाचनलाई जित र हारको प्रश्न भन्दा पनि विद्यार्थीको हितका लागि ध्यानमा राखि सबैको प्रगति हुने बातावरण बनाउँन आह्वान गर्नुभयो ।’
एज बारको सम्बन्धमा उनले भने, २८ वर्ष एज बार लगाउँदा आकाश नै खस्छ झै गर्दैछन् । तर, केही नभएझै गरि अब यस बिषयलाई लिएर बादबिवाद गरिराख्ने हो भने स्ववियु निर्वाचन अन्योलमा पर्न सक्छ । एज बार लगाएरै भएपनी निर्वाचनमा होमिनुको बिकल्प नरहेको बताउनु भयो।



