Prabhu_sah
हुलाकी न्यूज, काठमाडौं १९ माघ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले संविधान संशोधन नगरी चुनावमा जानु भनेको द्वन्द्व बढाउनु मात्र रहेको बताएका छन् ।

उनले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित गरेरमात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्ने धारणा राखेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘संविधान संशोधन नगरीकन निर्वाचनको मिति घोषणा गर्नु, प्रतित्युपादक हुन्छ, यो सरकार बनेकै संविधान संशोधन गर्नको लागि हो, त्यसैले संशोधन नगरी चुनावमा जानु भनेको द्धन्द्ध बढाउनु हो, नहुने निर्वाचनको मिति घोषणा गरेर प्रधानमन्त्रीले जोखिम मोल्नुहुँदैन ।’

देशलाई सही दिशामा अघि बढाउनको लागि दलहरुबीच समझदारी बन्नुपर्ने उनको भनाई थियो । उनले संशोधन प्रस्ताव पारित गरेरमात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्ने धारणा राखे ।

स्थानीय तहको पूर्नसंरचनाको प्रतिवेदनसमेत परिमार्जन गर्नुपर्ने उनले माग गरेका छन् । ‘आयोगको प्रतिवेदन यथास्थितिमा कार्यान्वयन गर्नु भनेको मधेशमा फेरि अर्को आन्दोलन हुनु हो’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.