
हुलाकी न्यूज, काठमाडौं १८ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको चेतावनी दिइरहेकै बेला थरुहट/थारुवान संयुक्त संघर्ष समितिको विस्तारित भेलाले पनि आन्दोलनको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।
सोमबार राजधानीमा संघर्ष समितिको बसेको बैठकले तुरुन्तै आन्दोलनको कार्यक्रम घोषणा गर्नुपर्ने, देशव्यापी रुपमा विस्तारित भेला गर्नुपर्ने र टीकापुर घट्नामा झुठा मुद्दा लगाइएका थारुहरुको रिहाइ र मुद्दा खारेज गर्नुपर्ने प्रस्ताव पारित भएको हो ।
बैठकमा सहभागी सबैले थारुहरु एक ढिक्का नभएसम्म न आन्दोलन सफल हुने, न थारुका माग मुद्दा नै हासिल गर्नसक्ने बताएका थिए ।
त्यस्तै आन्दोलन परिचालन समितिका सदस्य रमेश चौधरीले थारुहरुको माग स्थापित गराउन आन्दोलनको विकल्प भएको बताए । उनले त्यसका लागि सबै थारुहरु एकबद्ध हुनुपर्ने बताए । फोटो : थारुवान डटकमबाट



