
हुलाकी न्यूज, काठमाडौं १८ माघ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संसदमा टेबुल गरिएको संविधान संशोधन विधेयक परिमार्जनसहित पास नगरिएका प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिई पुनः आन्दोलनमा चेतावनी दिएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेतासमेत रहेका महतोले संविधान संशोधन नभई कुनै पनि चुनाव आफूहरुलाई स्वीकार्य नरहेको बताएका छन् ।
उनले संशोधन परिमार्जनसहित पास नगरी चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने र आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।
प्रमुख दलहरु अन्तरिम संविधानबाट पनि पछि हटेको भन्दै उनले अब बेइमानी नचल्ने बताए । उनले अघि भने, यो चुनाव÷सुनाव देखाएर केही हुनेवाला छैन, चुनावको नाम जोडेर हामीलाई कसैलेपनि लोकतन्त्रको पाठ नपढाए हुन्छ ।’



