morcha-pm
हुलाकी न्यूज, काठमाडौं १७ माघ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले संविधान संशोधन विधेयक परिमार्जनसहित पास नभए कुनै पनि चुनाव हुन नदिने सरकारलाई चेतावनी दिएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटार भएको बैठकमा त्रिपक्षीय बैठकमा मधेशी मोर्चाका नेताहरुले सो चेतावनी दिएका हुन् ।

प्रधानमन्त्रीले संविधान संशोधनको प्रक्रिया अघि बढाउने र चुनावको तयारी थाल्ने प्रस्ताव राखेका थिए ।

साथै मोर्चाका नेताहरुले संशोधनबारे सहमतिका लागि एमालेसँग सम्वाद गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका थिए ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नभई चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेताहरु प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण, राजेन्द्र श्रेष्ठ लगायतका शीर्ष नेताहरु उपस्थित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.