
हुलाकी न्यूज, काठमाडौं १७ माघ । सत्तारुढ नेकपा माओवादी केन्द्र–नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको छ ।
संविधान संशोधन विद्येयक, स्थानीय तहको निर्वाचन, स्थानीय तह पूनर्संरचना आयोगले पेश गरेको प्रतिवदेन लगायतका समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकको आह्वान गरेका छन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेताहरु प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरु उपस्थित छन् ।



