upendra yadav
हुलाकी न्यूज, काठमाडौं १६ माघ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विकृत संविधानलाई ब्यर्थमा सामान्य टालटुल गरेर उत्पीडित समुदायको मागलाई उपेक्षा नगर्न सरकारलाई सुझाव दिए ।

‘हामीले संशोधनको कुरा उठाए पनि अन्तिम विकल्प संविधान पुनर्लेखन नै हो’– संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले भने,– ‘संविधानमा यतिधेरै त्रुटि, कमिकमजोरी छ, कि त्यसलाई जतिनै सामान्य संशोधनले पार लाग्दैन ।’

आइतबार राजधानीमा ‘ब्ल्याक आउट’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै यादवले अहिलेको संशोधन प्रस्ताव पारित भए पनि वा नभए पनि आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

संशोधन विधेयकले मधेशी, आदिवासी जनजाति, थारु, दलित लगायत उत्पीडित समुदायको माग नसमेटेकोले परिमार्जन बिना संशोधन पारित हुनु वा नहुनुको कुनै औचित्य नभएको यादवले टिप्पणी गरे ।

विभेदकारी संविधान कुनै पनि हालतमा स्वीकार नगर्ने चेतावनी दिँदै एकल जातीय राज्यसत्ताले जतिसुकै छलकपट रचे पनि उत्पीडित समुदायको माग र एजेन्डासँग कुनै सम्झौता नहुने यादवले प्रष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.