हुलाकी न्यूज, जनकपुरधाम ४ आश्विन । धनुषा जिल्लाको पूर्वीभेग रघुनाथपुर गाविससहित बरमझियालगायतका क्षेत्रमा पनि निरन्तर प्रदर्शन भईहरकको छ । सोमबार स्वस्फूर्तरुपमा मोटरसाईकल जुलुसका साथै साँझ पूर्णरुपमा ब्ल्याक आउट गरिएको थियो ।
सोमबार नै त्यस क्षेत्रका निर्वाचित सभासद् नेपाली काँग्रेसका प्रेमकिशोर साहको घरमा तोडफोत भएको थियो ।
सोमबार साँझ रघुनाथपुर र बरमझिायमा संविधान जलाइएको छ । संविधानसँगै शीर्ष दलका नेताहरुको पुतलासमेत दहन गरिएको छ ।







