haa1

हुलाकी न्यूज, वीरगंज, १२ माघ । स्वास्थ्य चौकी प्रमुखको बिषयलाई लिएर  बिगत २५ दिन देखि आन्दोलन गरिरहेका पर्साका हेल्थ असिष्टेन्टहरु माथी  प्रहरीले व्यापक दमन गरेको छ । श्रीपुर वडा प्रहरीका प्रहरी निरिक्षक ऋषिराज ढुगांनाको नेतृत्वमा आएको प्रहरीहरुले शान्तिपुर्ण आन्दोलनमा बसेका आन्दोलनकारी माथि हस्तक्षेप गरेको हो ।

बिहान १० बजे धरणा दिन कार्यालय अगाडि जम्मा भएका आन्दोलनकारीहरुलाई प्रहरीले अश्लिल गाली गलौज गर्दै लाठी चार्ज गरेको हानका पर्सा सदस्य शिव मण्डलले बताए । लाठी चार्जबाट हेल्थ असिष्टेन्ट संघ (हान)का पर्सा अध्यक्ष रबिन्द साह, सदस्यहरु नन्दराज शर्मा, सुनील कुर्मी, गोबिन्द कुमार र रितुराज शर्मा गरी पाँच जना आन्दोलनकारीहरु गम्भिर घाइते भइ नारायणी उपक्षेत्रिय अस्पतालमा भर्ना भएका छन र शिव मण्डल, भगवती भट, नबिना अधिकारी लगायत एक दर्जन आन्दोलनकारीहरु घाइते भएको हानका सदस्य शिव मण्डलले बताए ।

मण्डल अनुसार हिजो सोमबार स्वास्थ्य मन्त्रालय पुनरजागरण महाशाखाका निर्देशक महम्द दाउदको विशेष उपस्थितीमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा बार्ता भएको र आज माँग सम्बोधन भई आन्दोलन समाप्त हुने लगभग निश्चित भएको थियो साथै कार्यालयका प्रमुख राजकिसोर पंडित समेतले प्रतिवद्धता व्यक्त गरीसकेका थिए । तर, कार्यालयका खोप अधिकृत छठुलाल चौधरी र कार्यालयका जिम्मेवार व्यक्ति बालकिसोर यादवले  बिचमा चलखेल गरी कार्यालय प्रमुखलाई कार्यालयमा आउन रोकेको बताए । मण्डलले केही व्यक्तिहरुले माँग पुरा हुन नदिन कार्यालय प्रमुख लगायत विभिन्न् शक्ति केन्दहरुमा लंविङ्ग गरिरहेको आरोप लगाए ।

आन्दोलनमा हेल्थ असिष्टेन्ट संघ नेपालक केन्द्रिय सदस्य अनिल कुमार यादव, हेल्थ असिष्टेन्ट पर्साका उपाध्यक्ष सुनिल कुर्मी,  सचिव राजु साह,  विनु श्रेष्ठ, अपसरा देवकोटा, संजीता ढकाल, बबिता साह, भगवती भट्ट, सर्मीला मल्ल लगायत ८० जना भन्दा बढी हेल्थ असिष्टेन्टहरुको उपस्थिती रहेको छ । पुस १७ गते देखि चरणवद्ध आन्दोलनमा उत्रेका पर्साका हेल्थ असिष्टेन्टहरु मांग पुरा नभए सम्म आन्दोलन जारी राख्ने संघका अध्यक्ष रबिन्द्र साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.