हुलाकी न्यूज, काठमाडौं १२ माघ । मधेशलाई स्वतन्त्र देश बनाउने भन्दै मधेशमा एउटा नयाँ सशस्त्र संगठनको जन्म भएको छ ।

मधेशमा जारी नेपालको नश्लवादी र औपनिवेशिक शासन समाप्त गर्न एउटा सशक्त क्रान्तिको आवश्यकता रहेको भन्दै मधेशी क्रान्तिकारी पार्टी मधेशको गठन गरेको जनाइएको छ ।

पार्टीका प्रवक्ता कुमार केशवले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी मधेशलाई स्वतन्त्र बनाउनका लागि र शोसकका विरुद्ध यो संगठनको स्थापना गरिएको जनाएका छन् ।

मधेशी क्रान्तिकारी पार्टीको अध्यक्ष कुमार सिद्धार्थ रहेका छन् भने पाँच सदस्यीय कार्य सम्पादन समिति र २१ सदस्यीय केन्द्रीय समितिको गठन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

पार्टीले मधेश भूमिबाट गैरमधेशीहरुलाई हटाउने निर्णयसमेत गरेको छ । नेपाल सरकारलाई छिटोभन्दा छिटो गैरमधेशीहरुलाई मधेशबाट हटाउन अनुरोधसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.