हुलाकी न्यूज, काठमाडौं ४ आश्विन । तराई–मधेश लोकतान्त्रिक पार्टीले पक्राउ परेका नेता तथा कार्यकर्ताहरुको रिहाईको माग गरेको छ । तमलोपाले पार्टीका नेता तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुको रिहाईकोसमेत माग गरेको छ ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तमलोपाले पार्टीका महामन्त्री जितेन्द्र सोनल र बाराका जिल्ला अध्यक्ष नवलकिशोर सिंहले प्रहरी हिरासतमै अनसन सुरु गरेकोले उनीहरुको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो ।
पार्टी अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरिएको छ ।
त्यस्तै कैलालीलगायतको जिल्लामा मोर्चाका कार्यकर्ताहरुमाथि लगाइएको झुठा मुद्दा फिर्ता गर्न मागसमेत गरिएको छ ।
तमलोपाले जारी आन्दोलनलाई निष्कर्षमा पु¥याउन उच्च मनोबलका साथ लाग्न सर्वसाधारणलाई आग्रह गरेको छ ।



