16237978_1662484410445380_385885994_n (1)

अर्कना खातुन,  काठमाण्डौ ।
आइएससी गरेका अलि आईटि तिर

संसारले आज आईटिलाई गुलाम बनाएछ भने हाम्रो देश किन पछि हटोस् र ? जब आईटिको गुलामीमा पनि छुट्टै मज्ज छ, भने त्यस गुलामलाई किन साथी नबनाउँने । जुन समयमा हाम्रो देशमा मोबाइलको आगमन भर्खरै उकालो लाग्दै थियो त्यो बेला नेपालमा इ सेवा दाङका अस्गर अलि र उनका तीन जना साथीहरु मिलेर  भित्र्याएका थिए ।

अस्गर अलि इ सेवाको सीईओ । उनी भन्छन्, ‘नामै नराखि प्रथम पटक यसको प्रयोग बैंकिङ सेवा पैसा ट्रन्सफरबाट सन् २००७ बाट थालेका थियौं । पहिले बैंक बैंकमा धाएर इनक्वारी गर्यौं । योजना अनुसार सुरुमा एसएमएस, मोबाईल इन्टरनेट बैंकिङहरु बनाउँन थाल्यौं । ग्राहकलाई आफ्नो खाता सेक्योर छ भने विश्वास दिलाउने खालको सिस्टम बनाएका थियौं । ’

७ वर्ष भयो हाम्रो योजना सफल भएको

esewa

त्यसपछि जब हामीले दिएका सेवा सफल भयो सन् २००९ मा हामीले यसलाई इ सेवा नाम दिएर स्थापना गर्यौं । ७ वर्ष भयो हाम्रो योजना सफल भएको । इ सेवा भन्नाले इलेक्ट्रोनिक सेवा हो । मलगायत मेरा तीन जना साथी विश्वास ढकाल, सुवास शर्मा, सुवास सापकोटा टिम मिलेर इ सेवालाई अगाडि बढायौं र बढाउँने छौ । त्यस बेला नेपालमै २५ प्रतिशतको मात्र बैंकमा खाता थियो । जुन बेला आईटिको नामोनिसान थिएन त्यस बेला गर्न साह्रै गाह्रो भयो सबैलाई कन्भिन्स गर्न । तर पनि हाम्रो प्रयास यथावत रहयो । हाम्रो टारगेट सबैले यो सेवा लिउँन र नेपालमा सबैका बैंक खाता होस् भन्ने थियो। सबैलाई चलाउँन सहज बनोस् । इ सेवाको मुख्य उद्देश्यहरु नै नन् बैंक कस्टमरहरुलाई बैंकमा ल्याउँने र देश भरि नै डिजिटल ट्रान्स्फर गर्ने रहेको थियो ।

नेपालकै प्रथम इलेक्ट्रोनिक सफ्टवेयर इ सेवा जसको माध्यमले पैसाले नै पैसालाई खेलाई डिजिटल, मोबाइल मार्फत अनलाई, वेब र एसएमएस सेवाहरु ग्राहकसम्म पुर्याउँन सफल भएको छ ।

नेपालकै प्रथम इलेक्ट्रोनिक सफ्टवेयर इ सेवा

आईटि र डिजिटल । हो, हाम्रो देशमा अधिकान्स व्यक्ति बेरोजगार छन् तर पनि यो शताब्दीमा गाउँ देखि शहरसम्म सबै व्यस्त छन् । रोजगार मात्र नभएता पनि बेरोजगारहरु पनि केही ना केही काममा अल्झेकै भेट्छौ । व्यस्थताकै कारण होला आज भोली सबै काम इन्टरनेट र मोबाइलबाटै हुनथालेको छ । नेपालकै प्रथम इलेक्ट्रोनिक सफ्टवेयर इ सेवा जसको माध्यमले पैसाले नै पैसालाई खेलाई डिजिटल, मोबाइल मार्फत अनलाई, वेब र एसएमएस सेवाहरु ग्राहकसम्म पुर्याउँन सफल भएको छ । यसको परिणाम हामी आफै पनि विभिन्न ठाउँ ठाउँमा प्रयोग गरि बुझ्न सक्छौ । आजको बिजि दिनहरुमा ग्राहकले जहाँबाट पनि मोबाइल, इन्टरनेटबाटै इ सेवा मार्फत सम्पूर्ण पैसाको कारोबार गर्न सक्छन् ।

नेपालको ७५ औं जिल्लासम्म पुर्याउने लक्ष्य रहेको छ । इ सेवा भनेकै पैसाकै चलखेल हो । पैसा पाउनु, पठाउनु र तिर्नेमा नै लक्ष्य गरि ल्याइएको हो । यसको सेवाहरु भनेकै मात्र एक टचले किन बेच गर्ने

यसको सेवाहरु भनेकै मात्र एक टचले किन बेच गर्ने

अलि भन्छन्, ‘यसको प्रयोग नेपालको ७५ औं जिल्लासम्म पुर्याउने लक्ष्य रहेको छ । इ सेवा भनेकै पैसाकै चलखेल हो । पैसा पाउनु, पठाउनु र तिर्नेमा नै लक्ष्य गरि ल्याइएको हो । यसको सेवाहरु भनेकै मात्र एक टचले किन बेच गर्ने, बैंकिङ र क्रेडित कार्ड बिल भुक्तानी, फोन महसुल, बिजुली बिल, पानी बिल भुक्तानी, टिभी च्यानल रकम भुक्तानी, सिनेमा टिकट, ईन्टरनेट, हवाईजहाज टिकट, मनकामना दर्शन सेवा, बस सेवा, इन्स्योरेन्स् प्रिमियम, किस्ता भुक्तानी तथा स्कूल फि भुक्तानीहरु रहेका छन् । यि सबै भुक्तानी यसै मार्फत एकै ठाउँमा बसि सहज तरिकाले गर्न सकिन्छ। ’

इ सेवा प्रयोग गरे वापत ग्राहकहरुलाई धेरै फाइदाहरु पनि छन्, जस्तैः समयको बचत, घरै बसि काम हुने, ट्राभलिङ खर्च बच्ने र मेन त ग्राहकहरुले इ सेवा प्रयोग गरे वापत केहि प्रतिशत डिस्काउन्ट पनि दिइने गरेका छौ ।

उनी भन्छन्, ‘इ सेवा प्रयोग गरे वापत ग्राहकहरुलाई धेरै फाइदाहरु पनि छन्, जस्तैः समयको बचत, घरै बसि काम हुने, ट्राभलिङ खर्च बच्ने र मेन त ग्राहकहरुले इ सेवा प्रयोग गरे वापत केहि प्रतिशत डिस्काउन्ट पनि दिइने गरेका छौ । काठमाण्डौंको हात्तीसारमा रहेको इ सेवामा अलिले तीन सय चौबिस जनालाई रोजगार दिएका छन् । अहिले चार वटा कम्पनिहरुमा विभिन्न सफ्टवेयरबाट काम गर्दैछौ । एफ वान सफ्टवेयर जस्ले बैंकिङ सेक्टरमा काम गर्छ, इ सेवा जस्ले मोबाइल तथा अनलाइ सेवा प्रदान गर्छ, सेयर टेक्नोलोजी र धर्म टेक्नोलोजी  सफ्टवेयरहरु छन् ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.