
हुलाकी न्यूज, वीरगन्ज , १० माघ । संघीय समाजवादी फोरम नेपालको युवा संगठन समाजवादी युवा फोरम नेपालको पर्सा अध्यक्षमा पुन शेख जलसुदिनलार्इ चयन गरिएको छ । वीरगन्जको होटल कुमु प्यालेशमा आज भएको समायोजन कार्यक्रममा जलसुदिनलाइ पुन अध्यक्षमा चयन गरिएको हो ।
नवगठित युवा फोरमको उपाध्यक्षमा राज कुमार पटेल र मनोज यादव, सचिवमा निरन्जन पटेल, सहसचिवमा प्रमा साह कानु र कोषाध्यक्षमा अस्लम आलमलार्इ चयन गरिएको छ ।
यसैगरि सदस्यहरुमा सदाम अन्सारी, राजन पटेल, सम्शाद आलम, सन्जय यादव, कमरुद्धिन मन्सुरी, मन्जेश यादव, सन्जय गिरी र नयन गुप्तालाइ चयन गरिएको छ ।
समायोजन कार्यक्रमलाइ सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष लालबाबु राउत गद्धीले मधेस आन्दोलन कुनै जात विशेषको विरुद्ध नभइ विभेद र असमानताको विरुद्धको लडाइ भएको बताउनु भयो । उनले मुलुकमा अहिले सम्म भएका हरेक परिवर्तन र आन्दोलनमा युवाहरुको महत्वपुर्ण भूमीका रहेको बताउनु भयो ।
अहिले जारी मधेस आन्दोलनमा पनि युवाहरुको अग्रणी भुमीका रहनेमा आफु विश्वस्त रहेको उनले बताउनु भयो । कार्यक्रमलार्इ सम्बोधन गर्दै फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले मधेस आन्दोलनमा सक्रिय भएर लाग्न युवाहरुसंग आग्रह गर्नु भयो ।
मधेसीको हक अधिकार संविधानमा नसमेटिएसम्म मधेश आन्दोलन जारी नै रहने उनले बताउनु भयो ।
कार्यक्रममा फोरम नेपालकी केन्द्रिय सदस्य करिमा बेगम, समाजवादी युवा फोरमका महासचिव अजय यादव, उपमहासचिव दुर्गा सुबेदी, केन्द्रिय सदस्य सुशील साह कानु, फोरम नेपालका नेत्रिहरु मिनी सिंह, सुनिता रौनीयार लगायतकाले पनि सम्बोधन गरेका थिए ।



