
अर्कना खातुन, काठमाण्डौं, ०९ माघ । शनिबार काठमाडौंमा धर्मनिरपेक्षता र मुस्लिम मुद्दा विषयक अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्रीले संविधान कार्यान्वयन हुन नदिइ देशलाई पुरानै अवस्थामा फर्काउन खोजिए विद्रोहको अपील गर्ने बताए।
आफू देशको प्रधानमन्त्री भएकोले विद्रोह नभइ निर्णय गर्ने तर त्यसका लागि जनताले सडकबाट दबाब दिनुपर्ने उनको भनाई थियो । ‘यदि पुराना यथास्थितिवादी शक्तिहरुले उल्ट्याउनै खोजे भने अर्को एउटा नयाँ विद्रोहमा तपाईँहरुलाई अपील गर्ने मलाई अधिकार छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर अहिले म राज्यको प्रधानमन्त्री छु। अहिले मैले विद्रोह गर्ने हैन, निर्णय गर्नुपर्छ। अहिले मलाई निर्णयका लागि सहज पार्न तपाईँहरुले सडकबाट आवाज उठाउनुपर्ने हुन्छ ।’
संविधानमा केहि राम्रा कुराहरु परेकै छ । संघियता, धर्मनिरपेक्षता, गणतन्त्र, समानुपातिक समावेशीका कुरा परेका छन् । यि सबैमा आवश्यक्ता पर्ने र चाहिने तथा पहिलो संविधानमा जे जति दिने वाचा गरिएको थियो त्यो सबै दिइएको छैन् ।
संविधानमा निरन्तर संशोधन गर्दै जनताको आवश्यक्ता र भावना अनुसार यसलाई परिमार्जन गर्दै लगिने छ । नेपालको संविधान सभाबाट संविधान घोषणा गर्दा पनि हामी संशोधन गर्नेछौं भनि जारी गरिएको थियो । संशोधन आवश्यक्ता छ भनि सिद्धान्तलाई र राजनैतिक मान्यतालाई स्थापित गरि त्यति बेला तीन प्रमुख पार्टीका नेताहरुले संविधान सभाबाट नै संशोधन गरिने कुरा स्पष्ट रहेको छ ।
हाम्रो मुस्लिम, मधेशी, जनजाती तथा अन्य उतपिडितको चाहिने कुरा अधुरो रहेको र संशोधन गरिने छ, भनी जारी गरिएकै छ । राज्यद्धारा दिइएका पिडा राज्यमै रहेका सबै जनताका हक अधिकारका लागि बिस्तारै संशोधन गरिने छ ।
प्रमले, ‘कार्यक्रममा मुस्लिहरुको मुद्दा उठाई मुस्लिमका हक अधिकारलाई समावेश गरिने छ भनि विश्वास समेत दिए ।’ उनले भने, ‘तपाईहरुका मुदामा कतैबाट पनि बिचल्लित हुने छैन् । तपाईहरुको निरन्तर साथ दिने छु र साथको पूर्ण अपेक्ष पनि गर्छुु ।
सो कार्यक्रममा सिके लालले भने, ‘आरुको लागि धर्मनिरपेक्षता एउटा अैक्षिक विषय हो भने मुस्लिमको लागि जिवन मरन कै विषय हो । त्यसैले यो धर्मनिरपेक्षता र मुस्लिमको संम्बन्ध पनि एक अर्कासंग गासिएकै छ ।’




fraud man