kamal thapa
हुलाकी न्यूज, काठमाडौं ७ माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले संविधान संशोधन विधेयक परिमार्जन गर्नेबित्तिकै दुई तिहाई पुग्ने दाबी गरेका छन् ।

उनले संविधान संशोधन विधेयक परिमार्जनका सवालमा नेपाली कांग्रेस गम्भीर नरहेको आरोप लगाएका छन् । साथै उनले आफू संविधान संशोधनको विरोधी नभएको स्पष्ट पार्दै संविधान संशोधन प्रस्ताव, सरकारमा राप्रपाको भूमिका बढाउने लगायतका विषयमा प्याकेजमा सहमति भए संशोधन दुई तिहाईले पारित हुने दाबी गरेका छन् ।

अध्यक्ष थापाका अनुसार संविधान संशोधन विद्येयक पारित गर्ने, सरकारमा सहभागी हुने, र परिमार्जनसहित संशोधन प्रस्ताव अघि बढाउँदा हिन्दूधर्म हुनुपर्ने लगायतका प्रस्तावसहित प्याकेजमै सहमति गर्नुपर्ने छ ।

थापाले भने,‘हाम्रो पार्टी अहिले संविधान संशोधनको विपक्षमा छैन, मधेशमा दुई दुई प्रदेश हुँदा पनि हामीलाई कुनै आपत्ति छैन् ।’ समाचार रिपोर्टर्स नेपाल डटकममा छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.