
हुलाकी न्यूज, जलेश्वर ७ माघ । स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुले हिन्दुहरुको धार्मिक स्थल परौल थान(कारिख स्थान)को सरसफाई गरका छन् ।
महोत्तरीको परौलमा पर्ने कारिख स्थानमा भाकल गरेकाहरुको मनोकामना पुरा भएपछि वर्षेनी हजारौं बलि प्रदान गरिन्छ । उक्त स्थानको सरसफाईमा व्यवस्थापनले आलटाल गर्दै आएपछि शुक्रबार डा.राउतका कार्यकर्ताहरुले सरसफाई गरेको छन् ।
स्थानीय मनोज मरबैताले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार संजय स्वराजीको नेतृत्वमा शुक्रबार विहान दर्जनौं कार्यकर्ताहरुले उक्त स्थानको सरसफाई गरेका छन् ।
यसअघि जनकपुरधामको जानकी मन्दिरको सरसफाई गर्दा डा.राउतका कार्यकर्ताहरु पक्राउ परेका थिए ।





Jai mata karikh sthan